2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

होमस्टे आयआर्जनको नयाँ सम्भवना: तिव्र बसाईसराई रोक्न गाँउमै होमस्टे

चैत ६, पोखरा । पोखरादेखी करिब १२ किलोमिटरको दुरीमा रहेको कालावां∙ घरेडीमा
संचालीत होमस्टे विस्तारै व्यवस्थित हुदै गएको संचालकहरुले बताएका छन् । एक वर्षदेखी संचालनमा रहेको
उक्त होमस्टे अवलोकनका लागी पोखराबाट पुगेको संचारकर्मीहरु सहितको टोलीसंग आयोजित संक्षिप्त छलफल
कार्यक्रममा बोल्दै अध्यक्ष राजबहादुर गुरु∙ले प्रचारप्रसारसंगै होमस्टे विस्तारै विकास र विस्तारको
गतिमा अगाडी बढेको बताउनुभयो ।

गत पौषबाट पोखरा
उपमहानगरपालिकामा गाभिएको तत्कालिन कृष्ति वडा नं.९ मा रहेको उक्त क्षेत्र अहिलेपनि प्राकृतिक विपत्तिका
हिषावले पुर्ण सुरक्षित र प्राकृतिक सौन्दर्यतामा हिषावले अति नै रमणीय रहेको अध्यक्ष
गुरु∙ले
जानकारी दिनुभयो । उहाँका अनुसार समुन्द्री सतहदेखी करिब १४ सय मिटरको उचाईमा रहेको नेहाल
डाडाँ भ्युटावरको रुपमा प्रचलित रहेको छ । त्यहाँबाट विहानको सुर्योदय, अन्नपुर्ण हिमश्रृखला, पोखराको
बजारसंगै फेवाताल, लम्जु∙ लगायतका छिमेकी जिल्लाका महत्वपुर्ण र रमणीय दृश्यहरुको दृश्यावलोकन गर्न
सकिने अध्यक्ष गुरु∙ले उल्लेख गर्नुभयो ।

करिब १ सय ५६ घरधुरी
रहेका कालावां∙ घरेडीका करिब १८ घरहरुमा व्यवस्थित होमस्टे संचालन गरिएको उपाध्यक्ष प्रकाश गुरु∙ले
जानकारी दिनुभयो । पछिल्लो समय रोजगारीसंगै अन्य प्रयोजनका लागी गाँउबाट तिव्र बसाईसराई हुन थालेपछि
आफुहरुले आयआर्जनको नयाँ संभावना स्वरुप गाँउमै होमस्टे संचालन गरेको उहाँले बताउनुभयो । नेपालका कतिपय
गाँउहरु बसाईसराई कै कारण शुन्य बन्दै गैरहेका बेला स्थानियहरुको सक्रियतामा संचालित कालावां∙ घरेडी
हामेस्टे गाँउमा सम्भावना नदेख्नेहरुका लागी गतिलो उदाहरण सावित भएको उपाध्यक्ष गुरु∙ले दावी गर्नुभयो

मिश्रीत समुदायको बसोबास रहेको कालावां∙ घरेडी होमस्टे अन्यको
तुलनामा सस्तो र गुणस्तरीय समेत रहेको सचिव याम बहादुर गुरु∙ले उल्लेख गर्नुभयो । एशियन फोरमको
प्रत्यक्ष सहयोगमा संचालित उक्त होमस्टे एक पटकमा ३५ जना क्षमताको रहेको सचिव गुरु∙ले बताउनुभयो । अहिले
सम्म करिब ५ सयको हाराहारीमा पाहुनाहरुको सेवा गरिसकेको संचालकहरुले बताएका छन् ।

रेडियो सफलताका तालिम प्रमुख हिमलाल पौडेल, समाचार प्रमुख भीम थापा, पोखरा
मिडीया क्लवका अध्यक्ष एंव समाचारपाटी डटकमका संचालक प्रह्लादचन्द्र घिमिरे लगायत १६ जना
प्रशिक्षार्थीहरुको प्रत्यक्ष संलग्नतामा होमस्टे अवलोकनका लागी कालावां∙ घरेडी पुगेको टोलीले हामेस्टे
संचालनको नयाँ अनुभव, समस्या र चुनौतीका विषयमा संचालकहरुसंग जिज्ञासा समेत राखेको थियो ।

संचालकहरुका अनुसार होमस्टेमा पुग्नेहरुले कालावां∙ घरेडीको स्थानिय
समुदाय अनुसारका संस्कृतिको प्रत्यक्ष अवलोकन, न्यानो आतिथ्यता, सुरक्षित र सौहाद्रपुर्ण बसाई, स्थानिय
उत्पादन, नारीपा र विहानी सुर्योदय अवलोकनको मज्जा लिन सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई