दिपक अनुरागी | मंसिर २०, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै कपिलवस्तुमा आन्दोलनलाई अझ कडा बनाइएको छ । कपिलवस्तुमा कांग्रेस, एमाले,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मंसिर २०, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै कपिलवस्तुमा आन्दोलनलाई अझ कडा बनाइएको छ । कपिलवस्तुमा कांग्रेस, एमाले,"/>
2026-06-25 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकार विरोद्धको आन्दोलन कपिलवस्तुमा कडा बन्दै

दिपक अनुरागी | मंसिर २०, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै कपिलवस्तुमा आन्दोलनलाई अझ कडा बनाइएको छ । कपिलवस्तुमा कांग्रेस, एमाले, राप्रपा, माले, राष्ट्रिय जनमोर्चा सहितका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतको संघर्ष समिति गठन भई प्रदेश विभाजनको कडा विरोधमा उत्रिएका छन् । 

जीतपुरमा शनिवार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले आइतवार देखि आन्दोलनलाई सशक्त रुपमा लैजाने निर्णय गरेको थियो । जस अनुसार आन्दोलनलाई कडा पारिएको हो । सोमबार पनि बिहानै देखि बन्दकर्ता सडकमा निस्किएका छन् । पुर्व पश्चिम राजर्माग ठप्प छ भने बजार, पसल चल्न सकेका छैनन् । स्कुल, कलकारखाना पनि बन्द गरिएको छ । केहि दिन देखि परेको सित लहरको पनि बन्दकर्ताले कुनै प्रवाह नगरि आन्दोलनमा निस्किएका छन् । जनता स्वतफुर्त रुपमा सडकमा उत्रिएका छन् । 

यता सदरमुकाम तौलिहवामा आइतबार बसेको संघर्ष समितिको बैठकले प्रदेश नम्बर ५ लाई टुक्राउने सरकारी प्रस्तावलाई बिफल बनाउन जिल्ला बन्द सहीत चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष तथा समितिका संयोजक झबीलाल पोख्रेलले बताउनुभयो । सोमवार अर्थात आज तौलिहवाको आनन्दबाग स्थित राधा कृष्ण मन्दिर देखि प्रशासन चोक सम्म रिोध र्याली पछि कोण सभा गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै संशोधनको बिरोधमा ज्ञापन पत्र दिने र सो फिर्ता नभए सम्म बिरोधका कार्यक्रम जारी रहने समितीका सदस्य एवम नेकपा मालेका जिल्ला सचिव शंकर प्रसाद आचार्यले वताउनु भयो  । प्रस्ताव दर्ता गराए यता पुर्व पश्चिम राजमार्ग केन्द्रित आन्दोलन गरिएकाले राजमार्ग ठप्प बनेको छ ।

 

यसैबिच राप्रपाका केन्द्रिय सदस्य एवं युवा नेता अजय थापाको नेतृत्वमा जिल्लाको चन्द्रौटामा मोटरसाइकल र्याली समेत निकालिएको छ  । बन्दकर्ताले  दिनभर चन्द्रौटा चोकमा विरोध प्रदर्शन गरेका छन् । एमाले सम्बद्ध युवा संघ नेपालका अध्यक्ष गणेश के.सी.ले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।  राष्ट्र र जनताको हितको पक्षमा आन्दोलन भएकाले सबैले ऐक्यबद्धता गर्नुपर्ने के.सी.ले बताउनुभयो । कपिलवस्तुमा आन्दोलन सशक्त पार्न शनिबार सर्बदलीय, सर्वपक्षीय वैठकले एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिको सहसंयोजकमा नेपाली कांग्रेसका नेता डोलकराम घिमिरेलाई चयन गरिएको छ । राप्रपा ,माले र जनमोर्चा लगायतका दलहरु सहित सामाजिक संघ सस्थाका गरी ८३ सदस्यीय संघर्ष परिचालन समिती कपिलवस्तुमा गठन भएको छ ।

त्यस्तै प्रदेश विभाजनको विरोधमा कपिलवस्तुको चन्द्रौटामा आइतबार ई–रिक्सा र्याली निकाली विरोध प्रदर्शन गरिएको छ । शिवगढी ई–रिक्सा समितिले विरोध प्रदर्शनमा उत्रिएको हो । विगत ५ दिनदेखि  भइरहेको आन्दोलनलाई समर्थन जनाउँदै ई–रिक्सा र्याली निकालेको समितिका अध्यक्ष रामबहादुर रेश्मीमगरले बताउनुभयो । 

चन्द्रौटा चोकबाट निकालिएको र्याली पूर्व खरेन्द्रपुर पुगी पुनः चन्द्रौटा हुँदै शिवपुर पुगेर चन्द्रौटामै आई कोणसभामा परिणत भएको थियो । र्यालीमा ५० बढी ई–रिक्साको सहभागिता रहेको समितिका सचिव कमल अधिकारीले जानकारी दिनुभयो । गत मंसिर १४ गते मंगलबार प्रचण्ड सरकारले संविधान संशोधनको नाममा प्रदेश नं. ५ बाट पहाडी ५ जिल्लालाई अलग गरी संशोधन प्रस्ताव दर्ता गरेपछि  विभिन्न राजनीतिक दलहरु ऐक्यबद्धता जनाउँदै विरोधमा उत्रिएका छन् । 

यता अनेरास्ववियु र युवा संघले पनि आन्दोलनलाई ससक्त बनाएको छ । आन्दोलनमा नेविसंघ, अखिल छैठौ लगायतका विद्याथी संगठनको पनि ऐक्यबद्धता रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ