२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको वडा नंवर ७ र ३ प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित

२०७२, ७ चैत्र आईतवार १७:५९

pokhara jhola

चैत ७, पोखरा । पोखरा
उप–महानगरपालिका कार्यालयले वडा नं. ७ र ३ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको छ
। उप–महानगरपालिकाले सरोकारवाला विभिन्न निकायहरुसंगको करिव एक महिना लामो अन्र्तक्रिया पश्चात विभिन्न
वडाहरुलाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको हो । आगामी बैशाख १ गतेदेखि पोखरा
उप–महानगरपालिका प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र हुनेछ ।

पोखराको वडा नं. ७ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्दै
उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उपमहानगरपालिकाका सकरात्मक कदममा नगरवासीले दिल
खोलेर सहयोग गरेका कारण पोखराबाट प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियान सफल हुने विश्वास
व्यक्त गरे । वडा सचिव यशोदा बरालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा नगरस्तरिय राजनैतिक दलको तर्फबाट
तेजनारायण अधिकारीले बोलेका थिए । उनले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो दलको तर्फबाट सहयोग गर्ने
प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, वडा नं. ३ को घोषणा सभामा
उपस्थित स्थानियले तत्काल निषेधित क्षेत्र घोषण गर्नेतर्फ भन्दा पनि उप–महानगरपालिकाले उचित विकल्पको
व्यवस्था गर्न तर्फ ध्यान पु¥याउनु जरुरी रहेको बताए । सुर्योदय क्लवका सचिव इश्वर पुनले नगरपालिकाको
कदम स्वागतयोग्य भएपनि प्लाष्टिक झोला तथा गिलासका उत्पादक, वितरक तथा उपभोक्ताहरुलाई निश्चित समय र
विकल्प दिइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट