दिपक अनुरागी | मङ्सिर २१, कपिलवस्तु | पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मङ्सिर २१, कपिलवस्तु | पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी रहे"/>
2026-10-31 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकार विरुद्ध गोरुसिङगेका हजारौँ जनता सडकमा ओर्लिए

दिपक अनुरागी | मङ्सिर २१, कपिलवस्तु | पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी रहेको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेमा संघर्ष समितिको आह्वानमा वृहत् र्याली निकालिएको थियो । 

र्याली पछिको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य खिमलाल भट्राईले जनताको भावनामा कुठाराघात गर्ने अधिकार कसैलाई नरहेको वताए । पाँच नम्बर प्रदेशका पहाड र तराईलाई अलग गराउने सरकारको प्रस्ताव यथा शिघ्र फिर्ता लिनु पर्ने उनले वताए । व्यवसायीहरूले पहाडबाट घिउ र तराईबाट नुन साट्ने सदियौं देखिको सम्बन्ध रहेकोले पहाड–तराई छुट्याउने प्रस्ताव फिर्ता लिन सरकारलाई उनले आग्रह गरे ।  

पाँच नम्बर प्रदेश जोगाउने एजेन्डा कुनै एउटा दलको नभई सिंगै पाँच नम्बर प्रदेशको भएकोले यसलाई जोगाउन पनि आन्दोलित भएको उनले स्पष्ट पारे । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले राष्ट्रको पक्षमा जनता भएकाले यो आन्दोलन उत्कर्षमा पुग्ने दावी गरे ।  

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि पदम खनालले पार्टि भन्दा राष्ट्र ठुलो भएको बताए । राष्ट्र अहिले गम्भिर संकटमा परेको बताउदै राष्ट्र बचाउन आफ्ना राजनितिक सहकर्मीलाई आग्रह गरे । 

सो अवसरमा एमालेका आजाद अहमद दर्जी, राष्ट्रिय जनमोर्चाका राम प्रसाद वेल्वासे, नेकपा मालेका राजेश श्रेष्ठ, नेविसंघका महाधिवेशन प्रतिनिधि रुपक खनाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष विकास आचार्य लगायतले वोल्दै अविलम्ब संविद्यान संसोधन फिर्ता लिन सरकारलाई जोडदार माग गरेका थिए । 

राष्ट्रिय झन्डा सहित स्वःतस्र्फुत सहभागी भएका हजारौं जनताले  पाँच नम्बर प्रदेश कायम गर, प्रदेश टुक्राउन पाइँदैन, संविधान संशोधन चाहिँदैन, संशोधन प्रस्ताव फिर्ता गर, नेपाली एकता कायम गर, हिमाल पहाड तराई, कोही छैन पराईजस्ता नाराले सडक गुञ्जायमान भएको थियो । 

यसअघि जिल्ला सदरमुकाममा प्रदर्शन गर्न कार्यक्रम आयोजना गरिएको भएपनि जिल्ला प्रशासनले सम्पुर्ण बजार क्षेत्रमा निशेधाज्ञा लगाएपछि आन्दोलनरत दलले पुर्व निर्धारित कार्यक्रम परिवर्तन गर्दै गोरुसिङगेमा बिशाल जनप्रर्दशन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय