१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा संघले गर्ने सेभेन ए साइड फुटबलको तयारी तिव्र

९ चैत्र २०७२, मंगलवार ०३:२३

चैत ९, पोखरा ।

विजेतालाई १ लाख ११
हजार १ सय ११

युवा संघ कास्कीको आयोजनामा दोस्रो युवा
संघ कास्की कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत २५ देखि बैशाख १
गते सम्म लेखनाथको भण्डाढिकस्थित प्रस्तावित रंगशालामा संचालन हुने युुवा संघ कास्कीका अध्यक्ष विष्णु
पुनले जानकारी दिए । स्वस्थ युवा, स्वच्छ समाज भन्ने नारा सहित संचालन हुने प्रतियोगिताको तयारी तिव्र
पारिएको प्रतियोगिता संयोजक नविन पुनले बताए ।


प्रतियोगितामा करिव ४० टिमले सहभागीता जनाउने अपेक्षा गरिएको बताइएको छ । प्रतियोगिताको
विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने
उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त जित्ने छ । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक
गोलकर्ता खेलाडिलाई नगद ५ हजारर्, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनले बताए । त्यस्तै अनुशासित
टिमलाई मायाको चिनो र प्रमाणपत्रको ब्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतियोगिताको माध्यमबाट अनुशासित र क्षमतावान खेलाडिहरु उत्पादन गर्नु मुख्य उद्देश्य रहेको
संघ कास्कीका अध्यक्ष् नविन पुनले बताए । ‘युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासित बनाउदै दक्ष बनाउनु
हाम्रो उद्देश्य हो ।’ उनका अनुसार खेलकुदको माध्यमबाट खेलाडिहरु वीच परिचय गराउनुका साथै क्षेत्रिय र
राष्ट्रियस्तरमा पहिचान गराउनु रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख ३० हजार खर्च
लाग्ने अनुमान आयोजकले गरेको छ । उक्त रकम विभिन्न संघसस्था र ब्यवसायीक फर्म र ब्यक्तिहरुबाट संकलन
गरिने संयोजक पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो