2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा संघले गर्ने सेभेन ए साइड फुटबलको तयारी तिव्र

चैत ९, पोखरा ।

विजेतालाई १ लाख ११
हजार १ सय ११

युवा संघ कास्कीको आयोजनामा दोस्रो युवा
संघ कास्की कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत २५ देखि बैशाख १
गते सम्म लेखनाथको भण्डाढिकस्थित प्रस्तावित रंगशालामा संचालन हुने युुवा संघ कास्कीका अध्यक्ष विष्णु
पुनले जानकारी दिए । स्वस्थ युवा, स्वच्छ समाज भन्ने नारा सहित संचालन हुने प्रतियोगिताको तयारी तिव्र
पारिएको प्रतियोगिता संयोजक नविन पुनले बताए ।


प्रतियोगितामा करिव ४० टिमले सहभागीता जनाउने अपेक्षा गरिएको बताइएको छ । प्रतियोगिताको
विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने
उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त जित्ने छ । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक
गोलकर्ता खेलाडिलाई नगद ५ हजारर्, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनले बताए । त्यस्तै अनुशासित
टिमलाई मायाको चिनो र प्रमाणपत्रको ब्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतियोगिताको माध्यमबाट अनुशासित र क्षमतावान खेलाडिहरु उत्पादन गर्नु मुख्य उद्देश्य रहेको
संघ कास्कीका अध्यक्ष् नविन पुनले बताए । ‘युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासित बनाउदै दक्ष बनाउनु
हाम्रो उद्देश्य हो ।’ उनका अनुसार खेलकुदको माध्यमबाट खेलाडिहरु वीच परिचय गराउनुका साथै क्षेत्रिय र
राष्ट्रियस्तरमा पहिचान गराउनु रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख ३० हजार खर्च
लाग्ने अनुमान आयोजकले गरेको छ । उक्त रकम विभिन्न संघसस्था र ब्यवसायीक फर्म र ब्यक्तिहरुबाट संकलन
गरिने संयोजक पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई