२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हितानलाई जीबसिम, खपाङ्गीलाई हितान पुरस्कार

९ चैत्र २०७२, मंगलवार ०३:३०

gore khabadurचैत ९, पोखरा । मगर
भाषाका आदिकवि जीतबहादुर सिंजालीमगरको नाममा स्थापित मगर आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य
प्रतिष्ठान, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको मगर साहित्य विधामा दिइने सर्वाधिक राशिको
राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’बाट वेदान्त कविरत्न रूद्रबहादुर थापामगर (हितान)
सम्मानित हुनुहुने भएको छ ।

यही चैत्र २१ गते
काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा वेदान्त कविरत्न ५० हजार रुपैयाँ नगद र सम्मानपत्रद्वारा
सम्मानित हुनुहुनेछ । कास्कीको पोखरा–७, एयरपोर्टनिवासी वेदान्त कविरत्न थापा विगत ३२ वर्षदेखि साहित्य
र २७ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । वेदान्त कविरत्नका नेपाली भाषामा दुई वेदान्त
काव्यसहित चार र मगर भाषामा गीति काव्यसहित दुई साहित्यिक कृति प्रकाशित छन् ।

samip baraili

्रत्यस्तै, ‘जीबसिम नवप्रतिभा साहित्य
पुरस्कार–२०७१’बाट मिरुल–५, दाइपो, रोल्पाका युवा साहित्यकार समीप वैरागी (टंकबहादुर झाँक्रीमगर)
सम्मानित हुनुहुने भएको छ । वैरागी १० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित हुनुहुनेछ

्रत्यसैगरी, नेपाल मगर संघका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री
गोरेबहादुर खपाङ्गीमगरलाई ‘जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७१’बाट सम्मानित गरिने भएको छ ।
पूर्वमन्त्री खपाङ्गीलाई २० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरिनेछ । कार्यक्रमका अवसरमा
नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्तीमगर ‘उषा’लाई पनि विशेष सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष
सञ्जोग लाफा मगरले जानकारी दिनुभयो ।

rudha hitan magar

रूद्रबहादुर श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन