मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एमाले बिरुद्ध कपिलवस्तुमा भण्डाफोर, ओलीको पुत्ला जलाइयो

२२ मंसिर २०७३, बुधबार ०३:१०

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेको छ । सो बन्दको बिरोध स्वरुप संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा तथा संघीय गठबन्धनले एमाले पार्टीको भण्डाफोर तथा केपी शर्मा ओलीको पुत्ला दहन कार्यक्रम गरिएको हो । 

क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पौडेललाई मुख्यमन्त्री बनाउने ओलीको सपनालाई धक्का दिने संशोधन प्रस्ताव पेश भएको कारणले नै एमालेले बन्दको घोषणा गरेको हो भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रको रहेको छ । पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशको मांग सम्बोधन नगरिए ब्यावस्थापिका संसदको म्याद बढाउनको लागि यस्तो संशोधनको षड्यन्त्र रचेको हो । उनले भने – 'एमाले अध्यक्ष ओली त्यसको मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्ने काम गर्दै आएका छन् ।' राजमार्गमा पुग्ने र चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भार्तसंगठन मात्रै रहेको मिश्रको दाबी छ । 

नेकपा एमालेले गर्दा नै संविधान संशोधन अवरुद्ध भएको तथा बन्द अराजकता बढेको उनले बताए, आफ्नो बहुमतको दम्भ देखाउदै आएकोले अहिले देश जटिल मोडमा आईपुगेको सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रको भनाई छ ।

ओलीको पुत्ला दहनमा संघिय युवा मोर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु