मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/>

2026-09-16 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एमाले बिरुद्ध कपिलवस्तुमा भण्डाफोर, ओलीको पुत्ला जलाइयो

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेको छ । सो बन्दको बिरोध स्वरुप संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा तथा संघीय गठबन्धनले एमाले पार्टीको भण्डाफोर तथा केपी शर्मा ओलीको पुत्ला दहन कार्यक्रम गरिएको हो । 

क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पौडेललाई मुख्यमन्त्री बनाउने ओलीको सपनालाई धक्का दिने संशोधन प्रस्ताव पेश भएको कारणले नै एमालेले बन्दको घोषणा गरेको हो भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रको रहेको छ । पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशको मांग सम्बोधन नगरिए ब्यावस्थापिका संसदको म्याद बढाउनको लागि यस्तो संशोधनको षड्यन्त्र रचेको हो । उनले भने – ‘एमाले अध्यक्ष ओली त्यसको मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्ने काम गर्दै आएका छन् ।’ राजमार्गमा पुग्ने र चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भार्तसंगठन मात्रै रहेको मिश्रको दाबी छ । 

नेकपा एमालेले गर्दा नै संविधान संशोधन अवरुद्ध भएको तथा बन्द अराजकता बढेको उनले बताए, आफ्नो बहुमतको दम्भ देखाउदै आएकोले अहिले देश जटिल मोडमा आईपुगेको सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रको भनाई छ ।

ओलीको पुत्ला दहनमा संघिय युवा मोर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल