(सास) मंसिर २२ बैतडी ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ ।

जिल्लामा महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) मंसिर २२ बैतडी ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ ।

जिल्लामा महि"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

दुर्गमका महिलाहरुको उपस्थितिमा गरियो वर्ष पुस्तकको समिक्षा

२२ मंसिर २०७३, बुधबार ११:२९

(सास) मंसिर २२ बैतडी ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ ।

जिल्लामा महिला हिंसाका घटनाहरु अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरुलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरुको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्ष पुस्तकको समिक्षा गरेको हो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै इन्सेक, दलित महिला संघ, अनिरुद्र ग्रामिण विकास सेवा केन्द्र, स्वदेश, मित्रसंघ, दलित समाज विकास मञ्च, दलित महिला सचेतना समाज लगायतका संस्थाहरुले मंसिर २२ गते संविधानमा उल्लेखित महिलाको पक्षका कानून कार्यान्वयन र बैतडी जिल्लामा घटेका महिला हिंसाका घटना सार्वजनिकिकरण विषय एक दिने अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले सार्वजनिक गरेका घटनाहरु सम्बन्धि सुझाव सहित उपस्थित महिलाहरुलाई कानून र हिंसाका बारेमा जिल्ला न्यायधिस धुर्व कुमार साहले प्रशिक्षण दिएका थिए ।

जिल्लाको दुर्गम क्षेत्रका महिलाहरुलाई अधिकारको बारेमा जानकारी दिन आवश्यक रहेको न्यायधिस शाहको भनाई छ । “जिल्लामा मानव अधिकार संम्बन्धि काम गर्ने संघ संस्थाहरुले जिल्लाको दुर्गम क्षेत्रका स्थानीयलाई मानव अधिकार सम्बन्धि शिक्षा दिने हो भने त्यसमा जिल्ला अदालत बैतडी र आफुले पनि निशुल्क प्रशिक्षण दिन्छु” उनले भने ।

०७३ असार देखि हाल सम्म जिल्लामा ३० वटा मानव अधिकार उलंघनका घटना भएको तथ्याङ्क इन्सेक बैतडीले सार्वजनिक गरेको छ । इन्सेकका अनुसार ६ महिनाको अवधिमा महिलालाई मानसिक यातना दिएका ६, महिलालाई कुटपिट गरेका १९, जबरजस्तिकरणीका १, जबरजस्तिकरणी उद्योगका १, महिलालाई घरबाट निकालेको अर्थात पालन पोषण नगरेका १ र महिला हत्याका २ घटेका छन् ।

सन् २०१६ जनवरी देखि हालसम्म जिल्लामा १ सय ८ जना महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गराएका छन् । यस्तै जनवरी देखि हाल सम्म जिल्लामा १७ महिला,  १३ पुरुष र १ बालकले आत्माहत्या गरेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा जिल्ला न्यायधिस धुर्वकुमार शाह, पुर्व सांसद पुरनसिह दयाल र इन्सपेक्टर सुरेन्द्र बम, जिल्ला स्थित पत्रकार, नागरिक समाज, राजनीतिक दल गायत एक सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा प्रकाशित मौलिक हक सम्बन्धि पुस्तक समेत सरोकारवाला र महिलाहरुलाई वितरण गरिएको थियो । कार्यक्रमको जिल्लाका तीनवटै एफ.एमहरुले प्रत्यक्ष प्रशारण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु