2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हेमजामा सातौं आलु महोत्सवको तयारी तिव्र

potetoशिव न्यौपाने/चैत ११, पोखरा । आलुको लागी पकेट क्षेत्रका रुपमा
परिचित कास्कीको हेमजामा चैत अन्तिम साता हुने सातौं आलु महोत्सवको तयारी तिव्र पारिएको छ ।

यही चैत २३ देखि ३० गतेसम्म हुने आलु महोत्सवको तयारी तिव्र पारिएको आयोजक
विष्णुपादुका क्लव हेमजाले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

‘सुन्दर गाउँ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक’ भन्ने मुल
नाराका साथ आयोजना गरिने महोत्सवमा ८० ओटा स्टल रहने महोत्सव मूल आयोजक संयोजक रमेश कार्कीले जानकारी
दिनुभयो ।

महोत्सवमा आलुबाट बनेका परिकारका स्टल १२, व्यवासायीक
५० स्टल र ३० ओटा कृर्षि प्रविधिका स्टल रहने आयोजकले जनाएको छ । हेमजामा उत्पादन हुने आलु, काउली
गोलभेंडा, च्याउ, धान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरुको प्रवद्र्धन र कृषि पर्यटनको
प्रचारप्रसारको लागि सातौं पटक आलु महोत्सव गर्न लागिएको हो ।

हेमजालाई कृषि पर्यटन र व्यवसायिक दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउने
उद्देश्यले महोत्सव आयोजना गरिएको हो । एकसाता चल्ने महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीहरुको
प्रर्दशनी, आलुको पहाड, आलुका परिकार, च्याउ प्रदर्शनी, जापानीज सुन्तला प्रदर्शनी, विभिन्न कृषि
बीउविजन तथा अन्य कृषि यन्त्रहरुको प्रदर्शनीहरु रहनेछन् ।

होत्सवमा बाल उद्यान, लोक दोहोरी तथा सांगितीक कार्यक्रम, हाँस्य कलाकारहरुको प्रस्तुती रहने
संयोजक कार्कीले बताउनुभयो । महोत्सवमा करिब १२ करोडको आलु बिक्री गर्ने लक्ष्य राखिएको पनि कार्कीले
बताउनुभयो । हेमजामा बार्षिक १८ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।

गत पोखरा उपमहानगरपालिकाको १७ औं वडा बनेको हेमजालाई पुन टुक्राएर दुई ओटा
बनाइएको छ । अहिले २७ र २९ गरि दुई वडा छन् । कुल १९७१ हेक्टर मध्ये ६ सय ५० हेक्टरमा आलु खेती हुने
गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ ।

हेमजाका
११ सय ५० परिवार कृर्षिमा आधारित छन् भने ६ सय ५० कृषकले व्यवसायीक आलु खेती गर्दै आएका छन् ।महोत्सव
सम्पन्न गर्न विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र
२१ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ भने २२ ओटा विभिन्न उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा
जानकारी दिइयो । महोत्सव सम्पन्न गर्न करिब २३ लाख २६ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई