2026-06-30 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन प्रबर्धनका लागि घोडा दौड

चैत १३, पोखरा । खेल पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि
आगामी वैशाख ११ देखि १५ गतेसम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवम् प्रदर्शनी हुने
भएको छ ।

प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित अन्तरक्रिया
कार्यक्रममा नेपाल घोडचढी सङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल घोडचढी सङ्घका अध्यक्ष लोकजङ्ग
लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवम् प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न
सक्ने बताउँदै उहाँले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा
राख्नुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज
पौडेलले साहसिक पर्यटनका लागि पोखराको पहिचान कायम गर्दै साहसिक पर्यटनका रुपमा घोडचढी पर्यटनलाई अघि
बढाउन सकिने उल्लेख गर्नुभयो ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन
(रेवान) पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले खेल पर्यटनले पछिल्ला समयमा चासो र चर्चा पाइरहेको बताउँदै
घोडचढी पर्यटन पनि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज काफ्ले, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव
त्रिभुवन पौडेल, वातावरण तथा सामाज सुधार समितिका अध्यक्ष राजन पौडेल, जिल्ला पशु सेवा कार्यालयका
प्रमुख राकेश प्रजापति, नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका महासचिव सुरेश श्रेष्ठलगायतले पोखराको
साहसिक पर्यटनमा घोढचढी पर्यटनलाई पनि विकास गर्न सकिने भएकाले यसको प्रचार–प्रसार अपरिहार्य भएको
बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ