2026-06-30 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दोस्रो युवा संघ कास्की कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

शिव न्याैपाने/चैत्र
२०, पाेखरा ।
 युवा संघले हिजो प्रतियोगीताका बारेमा जानकारी दिने उदेस्यले लेखनाथमा राखेको
पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराएको हो ।

प्रतियोगिता चैत २५ देखि बैशाख १ गते सम्म लेखनाथको भण्डाढिक स्थित प्रस्तावित रंगशालामा हुने
युुवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभएको छ ।

स्वस्थ युवा, स्वच्छ समाज भन्ने नारा सहित संचालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको
युवा संघ कास्कीका सचिवालय सदस्य मोहन सुवेदीले जानकारी दिनुभएको हो । राष्ट्रिय स्तरको प्रतियोगितामा
करिव ३० टिमको सहभागीता रहने अपेक्षा  आयोजकले गरेको छ । टिम दर्ताको चैत २२ गते सम्मको समय सिमा
तोकिएको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११
हजार १ सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५५ हजार
५ सय ५५ रुपैयाँ प्राप्त गर्ने भएका छन्।प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई
नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पुनले बताउनुभएको थियो ।

अनुशासित र क्षमतावान खेलाडीहरु उत्पादन गर्ने मुख्य उद्देश्य राखिएको
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ६ लाख रुपियाँ खर्च लाग्ने र बचेको रकमबाट लेखनाथ १ भण्डारढीकमा
निर्माणाधिन प्रस्तावित खेलमैदानको लागि सहयोग समेत गरिने युवा संघ कास्की क्षेत्र नं १का क्षेत्रिय
अध्यक्ष रामचन्द्र तिमिल्सेनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ