2026-07-09 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्षेत्रिय भलिबल प्रतियोगितामा अछाम र कञ्चनपुुर शिर्ष स्थानमा

पूर्णबहादुर खड्का | मंसिर २५, अछाम । सुदूरपश्चिमाअञ्चल स्तरिय क्षेत्रिय छनोट प्रतियोगिताको दोश्रो दिन आज ७ वटा खेल सम्पन्न भएका छन । आज भएका ७ वटा खेलमा अछम, डडेलधुरा, कञ्चनपुर र डोटी बिजयी भएका हुन ।

प्रतियोगिताको चौँथो तथा आजको पहिलो खेलमा अछामले बैतडीलाई पराजित गरेको छ । खेलको पहिलो सेटमा अछामले बैतडीलाई १८ का बिरुद्ध २५ ले जित निकाले पनि दोश्रो सेटमा बैतडीले २३ का बिरुद्ध २५ ले जित निकाल्यो । खेलको तेश्रो सेटमा अछामले बैतडीलाई १९ का बिरुद्ध २५ ले पराजित गरेको थियो । प्रतियोगिताको ५ औँ खेल अन्र्तगत कञ्चनपुर र बाजुरा बिच भएको खेलमा कञ्चनपुरले बाजुरालाई पराजित गरेको छ । खेलको पहिलो सेटमा बाजुराले कञ्चनपुरलाई २२ का बिरुद्ध २५ ले जित निकाले पनि खेलको दोश्रो तथा तेश्रो सेटमा कञ्चनपुरले लगातार १५, २५ र ७, २५ ले जित हासिल गरेको थियो । प्रतियोगिताको छैटौँ खेलमा दार्चुलालाई डडेल्धुराले लगातार २३, २५ र १३, २५ ले पराजित गर्यो ।

यस्तै ७ औँ खेलमा कञ्चनपुरले बैतडीलाई हराएको छ । लगातार दुई सेटमा कञ्चनपुरले १९, २५ र १३, २५ ले जित निकालेको हो । प्रतियागिताको आठौँ खेल अन्र्तगत अछाम र बझांग बिच भएको खेलमा अछामले कडा प्रतिष्पर्धाका बिच जित हासिल गर्न सफल भएको थियो । अछाम घरेलु मैदानमा भएपनि बझांगसंग जित निकाल्न अछामलाई हम्मे हम्मे परेको थियो । खेलको सुरुको सेट बझागंले २३ का विरुद्ध २५ ले जित हासिल गर्यो भने त्यसपछिका दुई सेटमा अछामले लगातार २६, २८ र २२, २५ ले जित हासिल गर्न सफल भयो । यस्तै डोटी र डडेलधुरा बिच भएको प्रतियोगिताको ९ औँ खेलमा डोटीले जित निकालेको छ । डोटीले डडेलधुरालाई लगातार २२, २५ र १९,२५ ले पराजित गरेको थियो । आज भएको अन्तिम तथा प्रतियोगिताको १० औँ खेलमा कञ्चनपुरले बझागंलाई पराजित गरेको छ । कञ्चनपुरले २१, २५ तथा १९, २५ ले बझांगलाई पराजित गरेको हो ।

आज भएका ७ वटा खेलमा अछाम २ खेलमा बिजयी भएको छ भने कञ्चनपुर तिन खेलमा बिजयी भएको हो । यस्तै डोटी र डडेल्धरा एक एक खेलमा बिजयी भएका छन । बाजुरा, बैतडी, बझागं र  दार्चुलाले भने आजका कुनै पनि खेलमा जित हासिल गर्न सकेनन् । बाजुरा र बैतडी लगातार ३ खेलमा पराजित भईसकेको छ भने बझागं दुई खेलमा पराजित र एक खेलमा बिजयी भएको छ । डोटी र डडेल्धुरा एक एक खेलमा बिजयी तथा एक एक खेलमा पराजित भएका छन । यस्तै दार्चला भने एक खेलमा पराजित भएको छ । कैलाली एक खेलमा बिजयी भएको छ । लिग चरणमा खेलाईएको खेलमा समुह चरणको ख बाट अछाम र कञ्चनपुर शिर्ष स्थानमा रहेका छन भने समुह चरण क बाट कैलाली अगाडी छ भने डोटी दोश्रौ स्थानमा छ । प्रतियोगिताको ११ औँ खेलमा भोली आईतबार बाजुरा र बैतडी बिच खेल संचालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो