2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मर्मत अभावमा पोखरा–बागलुङ राजमार्ग जीर्ण

pokhara baglung rodशिब
न्यौपाने/चैत २०, पोखरा ।
धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने
एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती
खेप्न बाध्य बनेका छन् ।

पोखरादेखि बागलुङसम्मको ७२ किमी सडक
समयमै मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । जीर्ण सडकका कारण समयमा पुग्न
नसकिने तथा दुर्घटना बढिरहेको भए पनि सम्बन्धित निकायले भने ध्यान दिन सकेको छैन ।

सडकको स्तरोन्नति हुन नसक्दा सो सडक पार गर्न तीनदेखि चार घण्टासम्म लाग्ने
गरेको छ । विसं २०४६ मा सडक निर्माण गर्दा तीन वटा सवारी साधन एकसाथ वारपार गर्न सक्ने गरी सडकको
निर्माण गरिएको भए पनि अहिले सडकको कालोपत्र भत्किएर एउटा सवारी साधनसमेत सहज रुपमा पार गर्न नसक्ने
अवस्था आएको छ ।

समयमै सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा
गराउनुपर्ने बाध्यता रहेको र सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी साधनमा समेत क्षति भइरहने गरेको
यातायात व्यावसायी बताउँछन् ।

मर्मतको कार्य गर्ने सडक डिभिजन
कार्यालय पोखराले केही समय पहिला पोखरादेखि कास्कीको काँडेसम्म सडकको कालोपत्र गरेको भए पनि त्योसमेत
जीर्ण बनिसकेको छ । अहिले सडकको आधा भाग कच्ची जस्तै बनेको छ । यसले गर्दा बिरामी तथा आकस्मिक यात्रा
गर्नुपर्ने अवस्थामा समेत असहजता भएको हो ।

कालोपत्र भत्कँदै
गएका कारण बाटो साँगुरो भएकाले साना सवारी साधन चलाउनेलाई समस्या हुने गरेको र दुर्घटना समेत बढेर गएको
सवारी चालक कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई