मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भ"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

२०७३, २६ मंसिर आईतवार ०५:२८

मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ । 

भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो । ७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्रे र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

यसअघि सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत रहेको यो सडकको कालोपत्रे र स्तरवृद्धिका लागि छुट्टै आयोजना सञ्चालन भएको थियो । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाको जोमसोममा कार्यालय स्थापना गर्ने तयारी भएको छ । 

आयोजना प्रमुख सुवेदीले पहिलो चरणमा रु तीन अर्ब लागत अनुमान गरिएको जोमसोम–कोरला सडक स्तरवृद्धिका लागि ठेक्का प्रक्रियाको काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जोमसोमदेखि कोरलासम्मको सडकलाई ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने कामका लागि सातवटा खण्डमा विभाजन गरिएको छ । 

सातवटै प्याकेजको काम गर्न छनोट भएका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम सुरु गरेका छन् । स्थलगत सर्वेक्षण, निर्माण सामग्री, जनशक्ति र उपकरणको व्यवस्थापन गरेर हिउँदलगत्तै पूर्वाधार निर्माणको काम सुरु गर्ने जोमसोम–कोरला सडकअन्तर्गत पाँचौँ खण्डको काम गर्ने ठेक्का पाएको अमित बिल्डर्सका सञ्चालक प्रेमप्रसाद तुलाचनले बताउनुभयो । 

सडक स्तरवृद्धि र कालोपत्रेसँगै हाल रहेका बेलिब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ । ७.५ मिटर चौडाइमा कालोपत्रे गरिने बेनी–जोमसोम सडक दुई लेनको हुनेछ । हाल कच्ची अवस्थामा रहेको बेनी–जोमसोम सडक विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । 

सङ्घीय संरचनाअनुसार प्रदेश नं ४ को भाग्यरेखा मानिएको यो सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ