१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको पर्यटकिय स्थल पातले छाँगोमा खसेका युवक मृत भेटिए

२१ चैत्र २०७२, आईतवार ०५:१५

शिब न्यौपाने/चैत २१, पोखरा । पोखराको पर्यटकिय स्थल पातले
छाँगो अर्थात् डेभिड फल्समा खसेका एक जना मृत भेटिएका छन् । शनिवार दिउसो छाँगोको खोँचमा हामफालेका एक
पुरुष मृत भेटिएका हुन् । अन्दाजी ५० वर्षको जस्तो देखिने उनको पहिचान खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
अहिलेसम्म कसैले पनि सम्पर्क नगरेको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

छाँगो हेर्न गएका अन्यले दिउसो उनी हामफालेको देख्ने वित्तिकै टिकट काउण्टर र
प्रहरीलाई खबर गरेका थिए । क्षेत्रीय प्रहरी गण पोखराबाट तत्काल खटिएको उद्धार टोलीले उनको शब वाहिर
निकालेको हो ।

छोरेपाटन उच्च मावि व्यवस्थाप समिति अध्यक्ष
टीकाराम पौडेलका अनुसार उनी जानाजान हामफालेका हुन् । प्रहरीका अनुसार मृतकको साथमा १६ हजार ५ सय ६०
रुपैया भेटिएको छ । त्यस्तै, डेभिड फल्सको दुई वटा प्रवेश पास समेत फेला परेको छ ।

शवको प्रकृति र उद्धारमा खटिएका प्रहरीका अनुसार उनको साथबाट अस्वभाविक गन्ध
आएकाले कुनै विषालु पदार्थ खाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति