२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रेडक्रस कास्की शाखा नेपालमै उत्कृष्ठ

२५ चैत्र २०७२, बिहीबार १६:२९

चैत
२५, पोखरा ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४५ औं अधिवेशन मकवानपुर जिल्ला शाखाको
व्यवस्थापनमा हेटौडामा विहिवार सम्पन्न भएको छ ।उक्त अधिवेशनका अवसरमा नेपाल रेडक्रस सोसाइटीको विधान र
भावना अनुरुप कार्यक्रम वर्ष २०७१।०७२ मा मानवीय सेवा लयागत रेडक्रसका विभिन्न गतिविधीमा उत्कृष्ट कार्य
गर्ने शाखा उपशाखा, युवा तथा जुनियर सर्कलहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको छ ।
kaski ss

यस वर्ष मानवीय सेवाका क्षेत्र लगायत रेडक्रसका विभिन्न
गतिविधीमा उल्लेखनीय कार्य गरेवापत नेपाल रेडक्रस सोसाइटी कास्की शाखा नेपालमै उत्कृष्ट प्रथम हुन सफल
भएको छ । जुनियर रेडक्रस सर्कल तर्पm महेन्द्र उच्च मा।वि।नयाँवजार पोखरा नेपालमै प्रथम, जनप्रिय उच्च
मा।वि। सिमलचौंर पोखरा द्वितीय, युवा रेडक्रस सर्कल तर्पm भरतपोखरी युवा रेडक्रस सर्कल नेपाल प्रथम,
महिला सदस्यता वृद्धि प्रोत्साहन तर्पm कास्की शाखा नेपालमा नै द्वितीय हुन सफल भयो । यसैगरी शिक्षक
नायक तर्पm रत्नशोभा मा।वि। माझठानाका शिक्षक नायक राजेन्द्र तिवारी सम्मानित हुनुभएको छ ।

कास्की शाखा र अन्तर्गतका समिति, युवा तथा जुनियर सर्कलहरुले विगतका
वर्षहरुमा समेत उत्कृष्ठ हुदै रेडक्रसको इतिहासमा स्वर्ण अक्षरले लेख्न सफल बनेको छ ।केन्द्रिय
अधिवेशनमा कास्की शाखाका तर्पmवाट सभापति वामदेव ढुंगाना, मन्त्री कृष्ण तिमिल्सिना, उपमन्त्री उर्मिला
खड्का, केन्द्रीय सभासदद्धय सूर्यप्रसाद ढकाल र सञ्जय श्रेष्ठ, शिक्षक नायक राजेन्द्र तिवारी, युवा
समितिका संयोजक डिल्लीराम बरालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली