2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा संघ कपमा सोमबारदेखि क्वाटरफाइनलका खेल

चैत २८, पोखरा । युवा संघ कास्कीको आयोजनामा लेखनाथमा जारी दोस्रो युवा संघ कप
सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्र्तगत आइतबार सम्पन्न खेलमा युवा संघ रातो, युवा संघ पोखरा २,
संघर्ष युवा क्लब र युवा संघ पोखरा २६ क्वाटरफाइनल प्रवेश गरेका छन् । आइतबार भएको खेलमा यूवा
कास्की(रातो)ले योङस्टार क्लबलाई १–० को कठिन जित निकाल्दै क्वाटरफाइलन प्रवेश गरेको हो ।

युवा संघको जितमा सुवास तामाङले निर्णायक गोल गरे । अर्को खेलमा युवा संघ
पोखरा २ ले वाकओभर पाउदै क्वटरफाइनल प्रवेश सहज बनायो । मालेपाटन यूनाइटेड निधारित समय भन्दा एक घण्टा
ढिलो गरेपछि युवा सघ स्वत क्वाटरफाइनल प्रवेश गरेको हो । तेश्रो खेलमा संघर्ष युवा क्लबले शुभतारा युवा
क्लबलाई ३–० गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

संघर्षकोजितमा कुशल राना, साजन गुरुङ र सुमन सुवेदीले एक एक गोल गरे । चौथो खेलमा युवा सघ
पोखरा २६ ले युवा संघ क्षेत्र नम्वर एक लाई १–० को नतिजा निकाल्दै क्वाटरफाइनल प्रवेश गर्यो । युवा
संघको जितमा यमन महर्जनले एकमात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्र्तगत सोमबार त्रिशक्ति युवा क्लब र संघर्ष युवा क्लब वीच हुने छ भने अर्को
खेल युवा संघ निलो र युवा संघ पोखरा २ वीच हुने छ । त्यस्तै अनेरास्ववियू पिएनसी र युवा संघ रातो वीच र
युवा संघ रातो वीच तथा युवा संघ २९ र युवा संघ पोखरा २६ वीच हुने प्रतियोगिता संयोजक नविन पुनले जानकारी
दिए ।

यसैवीच प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुने भएको छ ।
बैशाख १ गते हुने भनिएपनि पोखरा विमानस्थल शिलान्यास कार्यक्रम रहेकाले ३० गते फाइनल खेल राखिएको युवा
संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

बैशाख १
गतेसम्म संचालन हुने प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता टिमले १ लाख
११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ५५
हजार ५ सय ५५ रुपैयाँ जित्ने युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए ।
प्रतियोगिमा
उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक नविन
पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई