२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्षेत्रीय भलिबल : पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

२०७३, २८ मंसिर मंगलवार ०९:१५

मंसिर २८, बैतडी । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । 

अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । 

कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिनुभयो । उक्त प्रतिष्पर्धामा अछाम दोस्रो तथा कैलाली तेस्रो भयो । कञ्चनपुर पुरुषतर्फ विसं २०५० सालदेखि भलिबलको क्षेत्रीय प्रतियोगितामा लगातार प्रथम हुँदै आएको छ । यही मङ्सिर २४ गतेबाट सुरु भएको सो प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाको सहभागिता रहेको थियो । 

यस्तै बाजुराको मार्तडी मालिका उच्च माविमा सम्पन्न क्षेत्रीय महिला भलिबल प्रतियोगितामा दार्चुला प्रथम, कञ्चनपुर दोस्रो र बाजुरा तेस्रो भयो । कञ्चनपुरलाई हराउँदै दार्चुला पहिलो भएको हो । विसं २०५० देखि प्रथम हँुदै आएको कञ्चनपुर महिलातर्फ यस वर्ष मात्र दोस्रो भएको हो । 

प्रतियोगितामा पहिलो, दोसो र तेस्रो हुने टिमलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । “चाँडै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले खेलाडी छनोट गर्नेछ,” रेफ्री रावलले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि