Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर २८ गते, अपराह्न ३:०७ बजे
अर्थ/विकास

देउखुरीको लमही मै खुल्ने भयो मालपोत र नापी कार्यालय

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/6f715122efbb59d30778b73630c6e7ac1481641628.jpg" style="width: 100%; float: none;"><b>सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर ।&nbsp;</b>देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्धि काम लिएर देउखुरीका नागरिक घोराही जानुपर्ने वाध्यता छ । अव लमहीमा मालपोत र नापी कार्यालय स्थापना भएपछी जग्गा सम्वन्धि सेवा लिन घोराही जान नपर्ने भएको हो ।</p><p style="text-align: justify; ">सेवा केन्द्र स्थापनाको लागि गरिएको पहल साकार भएको र केही दिनमै कार्यालय स्थापना गरेर मालपोत र नापी कार्यालयले लमही वाट सेवा प्रवाह गर्ने सेवा केन्द्र स्थापनाका अभियानकर्ता गंगाराम भट्टराईले जानकारी दिए । भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले लमहीमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय एक वर्ष अघि गरेको थियो । त्यही निर्णयको आधारमा मन्त्रालयले कर्मचारीको दरवन्दी पठाएको छ । मन्त्रालयले मालपोत कार्यालयको लागी २६ जना कर्मचारीको दरवन्दी पठाएको छ ।</p><p style="text-align: justify; ">यस्तै मन्त्रालयले नापी कार्यालयको लागि १९ जना कर्मचारीको दरवन्दी पठाएको छ । मालपोत र नापी कार्यालय स्थापनाको लागी घरको खोजी भैरहेको लमही मालपोत कार्यालयका मालपोत अधिकृत कृष्ण प्रसाद खरेलले जानकारी दिए । मंसीर २० गते मन्त्रालयले खरेललाई मालपोत अधिकृतको रुपमा जिम्मेवारी दिएको हो । यसैगरी नापी कार्यालयको प्रमुखको रुपमा कृष्णप्रसाद अधिकारी आउने भएका छन् । मालपोत कार्यालयमा एक जना मालपोत अधिकृत, एक जना नायव सुब्बा, एक जना खरीदार र एक जना कम्प्यूटर अपरेटरको पदपुर्ती भैसकेको छ । मालपोत र नापी कार्यालय एकै स्थानमा स्थापनाको तयारी गरिएको हो । रातो डाँडा, बजार क्षेत्र, नगरपालीका आसपासको स्थानमा घरको खोजी भैरहेको छ । दाङ जिल्लामा यो संगै तिन स्थानवाट मालपोत र नापी कार्यालयले सेवा प्रवाह गर्नेछन् । तुलसीपुर सहीत पश्चिम क्षेत्रका नागरिकहरुले तुलसीपुर वाट, घोराही उपत्यकाका नागरिकले घोराही वाट र देउखुरीका नागरिकले लमहीवाट सेवा लिनेछन् ।</p>