२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी निरिक्षक मोहनमणिको स्वागत

७ बैशाख २०७३, मंगलवार ००:०५

Pokhara Police

शिव न्यौपाने । बैशाख
७, पोखरा । भर्खरै मात्र सरुवा भई वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरिक्षक मोहनमणि अधिकारीलाई
सामुदायिक सेवा केन्द्र बैदामले एक समारोहका विच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी
निरिक्षक अधिकारीले वडा बासिहरुका समस्या र सिफारिसहरु कानुनको परिधिमा रहि पुरा गर्ने बताए । ‘म
तपाईहरुको सकारात्मक कृयाकलापमा साथ दिने छु,तर मलाई तपाईहरुको पनि साथ चाहिन्छ’–उनले भने चौध महिना अघि
मात्रै पोखराबाटै सरुवा भएका अधिकारी फेरी पोखरै आएका हुन् । यसअघि उनी पर्यटन प्रहरी निरिक्षकका रुपमा
यहिं कार्यरत थिए । ‘मैले पोखरा र पोखरेलीलाई चिनेको छु, यहाँ कसरी काम गर्ने भन्ने बारेमा योजना चित्र
पनि बनाएको छु’–उनले भने ।

यसअघि सामुदायिक सेवा
केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर सकारात्मक काम गर्नेहरुलाई पोखरेलीहरुले
स्वागत गरे जस्तै विदाई पनि गर्ने गरेको उल्लेख गरे । उनले आर्थिक प्रलोभनमा चलखेल गरे उच्च अहोदामा
रहेकालाई पनि बहिस्कार गर्ने र राम्रो काम गरे तल्लो तहकालाई पनि साथ दिने बताए । त्यस्तै आयोजक
केन्द्रका अध्यक्ष हिरु पुनले पर्यटकिय क्षेत्र लेकसाइडमा देखिएको विकृती विसंगती हटाउन प्रहरीसंग
हातेमालो गर्ने बताइन् ।

होटल प्रतिनिधी
समाजका अध्यक्ष दिपेन्द्र पहारीले पर्यटन बसपार्कमा पर्यटकहरुमाथी हुने दुव्र्यवहार त्यहाँबाट हटेपनि
लेकसाइडकै हल्लनेचोक, बाराहीघाट लगाएतका क्षेत्रमा अझैपनि पर्यटकहरुमाथि तानातान हुने गरेको औल्याए
यस्तो विकृती हटाउन पर्यटन प्रहरी चनाखो हुनुपर्ने उनको जोड थियो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायि
गोविन्दराज पहारी, बासुदेव त्रिपाठी, वडा समन्वय समिति संयोजक गिरीराज अधिकारी, कार्यक्रममा उपस्थित आमा
समुहका प्रतिनिधी तथा टोल सुधार समितिका पदाधिकारी लगाएतले लेकसाइड क्षेत्रमा हुने गरेको ध्वनी
प्रदुर्शण रोकिनुपर्ने, ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने लगाएतका सल्लाह सुझाव दिएका थिए । आयोजक
केन्द्रका सह–सचिव चेतनारायण पाण्डेले कार्यक्रम सञ्चालन तथा उपाध्क्ष भिम पराजुलीले स्वागत मन्तव्य
राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली