२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी निरिक्षक मोहनमणिको स्वागत

२०७३, ७ बैशाख मंगलवार ००:०७

Pokhara Police

शिव न्यौपाने । बैशाख ६, पोखरा । भर्खरै मात्र सरुवा भई
वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरिक्षक मोहनमणि अधिकारीलाई सामुदायिक सेवा केन्द्र बैदामले एक
समारोहका विच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक अधिकारीले वडा बासिहरुका
समस्या र सिफारिसहरु कानुनको परिधिमा रहि पुरा गर्ने बताए । ‘म तपाईहरुको सकारात्मक कृयाकलापमा साथ दिने
छु,तर मलाई तपाईहरुको पनि साथ चाहिन्छ’–उनले भने चौध महिना अघि मात्रै पोखराबाटै सरुवा भएका अधिकारी
फेरी पोखरै आएका हुन् । यसअघि उनी पर्यटन प्रहरी निरिक्षकका रुपमा यहिं कार्यरत थिए । ‘मैले पोखरा र
पोखरेलीलाई चिनेको छु, यहाँ कसरी काम गर्ने भन्ने बारेमा योजना चित्र पनि बनाएको छु’–उनले भने

यसअघि सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति
कास्कीका अध्यक्ष विष्णुबहादुर सकारात्मक काम गर्नेहरुलाई पोखरेलीहरुले स्वागत गरे जस्तै विदाई पनि
गर्ने गरेको उल्लेख गरे । उनले आर्थिक प्रलोभनमा चलखेल गरे उच्च अहोदामा रहेकालाई पनि बहिस्कार गर्ने र
राम्रो काम गरे तल्लो तहकालाई पनि साथ दिने बताए । त्यस्तै आयोजक केन्द्रका अध्यक्ष हिरु पुनले पर्यटकिय
क्षेत्र लेकसाइडमा देखिएको विकृती विसंगती हटाउन प्रहरीसंग हातेमालो गर्ने बताइन्

होटल प्रतिनिधी समाजका अध्यक्ष दिपेन्द्र पहारीले
पर्यटन बसपार्कमा पर्यटकहरुमाथी हुने दुव्र्यवहार त्यहाँबाट हटेपनि लेकसाइडकै हल्लनेचोक, बाराहीघाट
लगाएतका क्षेत्रमा अझैपनि पर्यटकहरुमाथि तानातान हुने गरेको औल्याए यस्तो विकृती हटाउन पर्यटन प्रहरी
चनाखो हुनुपर्ने उनको जोड थियो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायि गोविन्दराज पहारी, बासुदेव
त्रिपाठी, वडा समन्वय समिति संयोजक गिरीराज अधिकारी, कार्यक्रममा उपस्थित आमा समुहका प्रतिनिधी तथा टोल
सुधार समितिका पदाधिकारी लगाएतले लेकसाइड क्षेत्रमा हुने गरेको ध्वनी प्रदुर्शण रोकिनुपर्ने, ट्राफिक
व्यवस्थापनमा ध्यान दिनुपर्ने लगाएतका सल्लाह सुझाव दिएका थिए । आयोजक केन्द्रका सह–सचिव चेतनारायण
पाण्डेले कार्यक्रम सञ्चालन तथा उपाध्क्ष भिम पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ