२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुत्केरीको पुनः अपरेशनपछि मृत्यु, चिकित्सकको लापरवाही

१३ बैशाख २०७३, सोमबार ०३:०९

शिव न्यौपाने/ बैशाख
१३, पोखरा ।  
लमजुङको करापुटार ७ घर भई पोखरा ५ मालेपाटन बस्ने २३ बर्षीय ईश्वरी पौडेल घिमिरे
बैशाख ८ गते विहानै पोखराको ओम अस्पताल पुगिन् । गर्भवती उनी श्रीमान् राजनसँग स्कुटरमै वसेर अस्पताल
पुगेकी थिइन् ।

विहानै अस्पताल पुगेकी उनको गर्भवती जाँच गरियो । अपरेशनको गर्न भनियो र अपरान्ह
झण्डै साढे ४ बजे अपरेशन पनि भयो । उनलाई पुत्रीलाभ भयो । अपरेशनपछि पनि आमा र वच्चा दुवै स्वस्थ थिए ।
भोलिपल्ट बैशाख ९ गते १२ बजे एक्कासी ईश्वरीलाई गाह्रो भयो । चिकित्सक वोलाउन भनियो । १२ बजे बोलाएपनि
दिउसो झण्डै साढे ३ बजे चिकित्सक आईपुगे । आन्तरिक रक्तश्राव भएको भन्दै तत्काल पश्चिमाञ्चल क्षेत्रीय
अस्पताल ९गण्डकी० मा रिफर गरियो ।

त्यहा लगेपछि पुन स् साझ अपरेशन गरियो । दोस्रो पटकको
अपरेशनपछि सुत्केरीलाई आईसियुमा राखियो । निजी अस्पताल ओममा पहिले अपरेशन गर्ने र पछि त्यहाबाट रिफर
गरेर सरकारी अस्पताल गण्डकीमा पुन स् अपरेशन गर्ने एउटै चिकित्सक थिए । सिनियर डाक्टरको रुपमा चिनिएका
निरज कुमार दुवे । दुई पटकको अपरेशनले पनि ईश्वरीको ज्यान बचाउन सकेन । उनको बैशाख १२ गते अर्थात्
आईतवार विहान उनको ज्यान गयो ।

एउटा अस्पतालमा अपरेशन गरेकी सुत्केरीको अर्को अस्पतालमा पुनस्
अपरेशनपछि मृत्यु भएपछि आफन्तले गण्डकी अस्पताल परिसरमा आईतवार विहान प्रदर्शन समेत गरे । सुत्केरीको
मृत्युपछि उनको घर तर्फकाले शव बुझेर लगेपनि माईती पक्षले वाटोबाटै शब फर्काएर पुन अस्पताल ल्याए र
चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै प्रदर्शन गरे ।

मृतक पक्ष र ओम अस्पताल विच गण्डकी
अस्पतालमा दिउसो भएको वार्तापछि आफन्तले साझ शव बुझेर लगेका छन् । उनीहरुले नवजात शिशुको शिक्षा,
स्वास्थ्य सहितको जिम्मेवारी ओम अस्पतालले बेहोर्नुपर्ने माग राखेका छन् ।

मृतकका देवर
ज्ञानेन्द्र घिमिरेले ओम अस्पतालको लापरवाहीलेनै भाउजुको ज्यान गएको आरोप लगाए । सुत्केरीको मृत्यु
हुनुमा चिकित्सकको पनि लापरवाही भएको उनले बताए । सुत्केरीलाई गाह्रो भएपछि वोलाउदा समयमै आएको भए
विरामीको ज्यान बच्न सक्ने उनले बताए । तर पिडित र अस्पतालको समझदारीले कानुनी प्रक्रिया भने सुरु हुन
सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने