2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बसन्ता वनमा हुलाकी सडक बनाउन मार्ग प्रशस्त

मङ्सिर २९, धनगढी । वनका कारण कैलालीको बसन्ता जङ्गलमा रोकिएको हुलाकी सडक बनाउने कार्यले अब अग्रसरता पाउने भएको छ ।
पुरानै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार हुलाकी सडक विस्तार गरिने कार्यमा जिल्ला वन कार्यालयले सहमति जनाएपछि बसन्ता जैविक मार्गमा हुलाकी सडक बनाउन मार्ग प्रशस्त भएको हो । हुलाकी सडक विस्तार गरिने क्षेत्रभन्दा दक्षिणतिर भएको वन अतिक्रमण हटाउन सहयोग गर्नु पर्ने सर्तमा वनले रुख कटान आदेशका लागि मन्त्रालयमा फाइल पेस गरेको छ । 
हुलाकी सडकका कारण वन अतिक्रमणमा सहयोग पुग्ने भन्दै जिल्ला वन कार्यालयले रुख कटान आदेश प्राप्तीका लागि फाइल अगाडि बढाउन मानेको थिएन । वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि रुख कटान आदेश नपाएपछि हुलाकी सडक बनाउँदै आएको भारतीय निर्माण कम्पनी जीआर गावरले सो खण्डमा निर्माण कार्य रोकेको थियो । 
पवेरा गाविसको कटैनी नदीदेखि भजनी–त्रिशक्ति नगरपालिकाको लालबोझीसम्म पर्ने १८ किलोमिटर खण्डमा हुलाकी सडक बन्न सकेको छैन । तर, बसन्ता खण्डकै १५ किलोमिटरमा रुख कटान भइसकेको छ । अतिक्रमित क्षेत्र अन्तर्गत पर्ने तीन किलोमिटरमा मात्रै रुख काटिएको छैन । सो खण्डमा अब ४०४ वटा रुख काट्न बाँकी छ ।
दक्षिण क्षेत्रमा भएको अतिक्रमण हटाउने र अतिक्रमण हुन नदिने कार्यमा सहयोग पुर्याउनु पर्ने सर्तमा पुरानै डीपीआर अनुसार सोझै हुलाकी सडक विस्तार गर्न समर्थन जनाएको कैलालीका जिल्ला वन अधिकृत रमेश चन्दले बताउनुभयो । 
‘वनको दक्षिणतिर अतिक्रमण भइरहेको छ । त्यो अतिक्रमण रोक्नका लागि सहयोग पुर्याउनु पर्ने हुलाकी सडक व्यवस्थापन पक्षसंग आग्रह गर्दै फाइल अगाडि बढाएका छौं’, जिल्ला वन अधिकृत चन्दले भन्नुभयो–‘अब हाम्रो तर्फबाट कुनै रोकतोक छैन । काम अगाडि बढ्छ ।’
उहाँले ट्रेन्च बनाउने तथा तारबार गर्ने कार्यमा हुलाकी सडक व्यवस्थापन पक्षले सहयोग गर्नु पर्ने आग्रह समेत गरिएको जानकारी दिनुभयो । 
सुरुमा जिल्ला वन कार्यालयले पुरानो डीपीआर अनुसार सडक बनाउन नदिने अडान लिएको थियो । तीन किलोमिटरको दूरीमा अतिक्रमित क्षेत्र भएर घुमाउरो सडक बनाउन वनले जोड गरेको थियो । तर, डीपीआर भइसकेको आयोजनाका लागि पुनः सुरुवाती प्रक्रियामा जान नसक्ने भन्दै निर्माण कम्पनी जीआर गावरले अडान लिएपछि हुलाकी सडक विस्तार कार्य नै ठप्प भएको थियो । 
अब बाँकी रहेको काम सम्पन्न गर्नका लागि बाटो खुलेको र नेपाल सरकारकै लगानीमा निर्माण कार्य हुने हुलाकी सडक व्यवस्थापनको जिम्मा पाएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । 
उक्त कार्यालयका योजना प्रमुख तुरुन्त मण्डलले वनको तर्फबाट भएको अवरोध अब नरहेको र सडक बनाउनका लागि दुई दिन अगाडिमात्रै टेण्डर समेत आह्वान भइसकेको उल्लेख गर्नुभयो । 
‘वनको तर्फबाट अब कुनै अवरोध छैन’, मण्डलले भन्नुभयो–‘रुख कटान आदेश प्राप्तीका लागि फाइल मन्त्रालयमा पुगिसकेको छ । सडकको टेण्डर पनि भइसकेको छ ।’ 
अतिक्रमण हुन नदिने र अतिक्रमित वन क्षेत्र खाली गराउनका लागि सडक डिभिजनले पनि सहयोग गर्ने मण्डलको भनाइ छ । ‘वन अतिक्रमण हटाउने र थप अतिक्रमण हुन नदिने काम गर्नु हाम्रो पनि जिम्मेवारी हो’, उहाँले अगाडि थप्नुभयो–‘हामीले वनसंग त्यहि सहमति गरेका छौं ।’ १८ किलोमिटर खण्डमा सडक बनाउनका लागि ४४ करोड रुपियामा ठेक्का भएको छ । 
यसअघि भारत सरकारको सहयोगमा कैलालीमा हुलाकी सडक निर्माण कार्य भएको थियो । गत आर्थिक वर्षको अन्त्यमा भारत सरकारको तीन वर्षे निर्माण अवधि सकिएपछि धेरै हद्सम्म सडक बनाउने कार्य सम्पन्न भए पनि केहि बाँकी रहेको छ । कैलालीमा धनगढीको क्याम्पस रोडदेखि पूर्वतिर खक्रौलासम्म ६० किलोमिटर, खक्रौला–टीकापुर देखि लम्कीसम्म २७.२ किलोमिटर र धनगढीको क्याम्पस रोडदेखि पश्चिम कञ्चनपुरको डोके बजारसम्म चार किलोमिटर गरी ९१.२ किलोमिटर लामो हुलाकी सडक निर्माण हुँदैछ । 
क्याम्पस रोडदेखि खक्रौला खण्डमा पर्ने बसन्ता कोरीडर अन्तर्गतको १८ किलोमिटर र धनगढी क्षेत्रमा चार गरी २२ किलोमिटरमात्रै सडक बनाउन बाँकी रहेको छ । बसन्ता अन्तर्गतको १८ किलोमिटरमा सडक विस्तारको मार्ग प्रशस्त भए पनि धनगढीको क्याम्पस रोडदेखि कञ्चनपुरको डोके बजारसम्मको चार किलोमिटर खण्डमा अझै विवाद कायम छ । धनगढीबासी सहित राजनीतिक दलले आफ्नो पायक पर्ने ठाउँबाट सडक विस्तार गर्नु पर्ने भन्दै तीन विकल्प दिएपछि चार किलोमिटरमा हुलाकी सडक बनाउन अन्यौल कायम रहेको जनाइएको छ ।  
धनगढी क्षेत्रको सवालमा अहिलेसम्म कुनै पनि निर्णय हुन नसकेको सडक डिभिजन कार्यालयका योजना प्रमुख मण्डलले बताउनुभयो । उहाँले विवाद कायम रहेको जनाउँदै यो खण्डमा हुलाकी सडक विस्तार कार्य ढिलो हुने जनाउनुभयो । यस्तै, कञ्चनपुरको डोके बजारदेखि पश्चिमतर्फ बेल्डाँडी–दैजीसम्म ६० किलोमिटर हुलाकी सडक विस्तार गर्ने काम पनि सुरु भएको छ । 
कैलालीमा भारत सरकारको सहयोगमा ६९.२ किलोमिटरसम्म हुलाकी सडक निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न खण्ड गरी हालसम्म हुलाकी सडक अधुरै रहे पनि अधिकांश काम भएको भन्दै भारत सरकारले सडक हस्तान्तरणको तयारी गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बुधवार नै धनगढी स्थित क्याम्पस रोडमा एक कार्यक्रमकाबीच सडक हस्तान्तरण र उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्राविधिक कारणले स्थगित भएको र केहि दिनभित्रै हस्तान्तरण कार्यक्रम हुने योजना प्रमुख मण्डलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई