२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइने

१६ बैशाख २०७३, बिहीबार ०२:३२

Reporter's notebookशिव न्यौपाने । पोखरा १६
बैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवस कास्कीमा यही बैशाख २३ देखि २५ गतेसम्म भव्यताका साथ मनाइने
भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी
हरिप्रसाद मैनालीको अध्यक्षतामा बसेको बैठकले २३ देखि २५ गते तीन दिनसम्म साँझ कास्कीका सबै संचार गृहमा
मैनबत्ती बाल्ने निर्णय गरेको छ ।

साथै बैठकले पत्रकारिता
दिवसका दिन बैशाख २४ गते नेपाल पत्रकार महासंघ कास्कीमा नेपालको संबिधान कार्यान्वयनमा संचार माध्यमको
भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला विकास समिति कास्कीका सूचना अधिकृत
किर्तनराज पौडेलले जानकारी दिनुभयो । दिवसकै अवसर पारेर बैशाख २५ गते महतगौंडा स्थित बृद्धाश्रममा फलफूल
वितरण गरिनेछ ।

बैठकले समितिमा कास्की जिल्लामा संचार क्षेत्रमा
उल्लेखनीय भूमिका निर्वाह गर्ने पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की र महासंघकै पूर्व
केन्द्रिय सदस्य दुर्गा भण्डारीलाइ मूल समारोह समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको समितिका सदस्य
एवं पत्रकार महासंघ कास्कीका सचिब त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

पहिलो पटक मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवस मनाउन सञ्चार मन्त्री शेरधन राईको
अध्यक्षतामा मूल समारोह समिति र देशका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला
समारोह समिति गठन भएको छ । देशमा पहिलो पटक पत्रिका प्रकाशन भएको दिनलाइ सरकारले यस बर्षदेखि राष्ट्रिय
पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको हो । कास्की मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला
अधिकारी मैनालीले पहिलो पटक मनाउन लागिएकाले यसलाई भब्य बनाउन सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने
वताउनुभयो ।

यसैबिच, नेपाल पत्रकार महासंघ कास्कीका शाखाले
पहिलो पटक मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवसलाइ आ आफ्नो ठाउँबाट मनाउन कास्कीमा क्रियाशिल
पत्रकार, संचार गृहका संचालक एवं सम्बद्ध सबैमा आग्रह गरेको छ । महासंघ कास्कीका शाखाका सचिब त्रिभुवन
पौडेलले महासंघको उपस्थितिमा भएको निर्णय अनुसार बैशाख २३ देखि २५ गते तीन दिनसम्म साँझ आ आफ्नो संचार
गृहमा दिपावली गर्न आग्रह गर्नुभएको छ । पहिलो पटक मनाउन लागिएको पत्रकारिता दिवस मूलतः पत्रकारिता
क्षेत्रकै लागि गर्वको कुरा भएकाले यसलाइ भब्य बनाउने दायित्व पत्रकारिता क्षेत्रकै भएको सचिब पौडेलले
वताउनुभयो ।

पहिलो पटक राष्ट्रिय पत्रकारिता दिवस मनाउन
कास्कीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिविस कास्की, पत्रकार महासंघ, हुलाक, संचार केन्द्र र
गैसस महासंघका प्रमुख तथा अध्यक्ष र पत्रकारितामा योगदान पु¥याएका ब्यक्तिहरु रहेको मूल समारोह समिति
गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली