2026-07-01 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रामसारमा सुचिकृत तालको संरक्षणमा जुट्नका आग्रह

Begnas_lakeशिव न्यौपाने  । बैशाख १६, पोखरा । पोखरामा रहेका ९ वटा ताल विश्व
सम्पदा रामसारमा सुचिकृत भईसकेको ती मध्ये ७ ताल लेखनाथ नगरपालिकामा भएको अवस्थामा यहाँका स्थानीयहरुलाई
रामसारका अवसर र चुनौती बारे जानकारी दिने उदेश्यले रामसारका अवशर र चुनैति विषयक अन्तरक्रिया गोष्ठि
बुधवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका
अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएको रामसारका अवसर र चुनौती विषयक गोष्ठि
कार्यक्रममा अध्यक्ष त्रिपाठीले सहभागिहरुलाई स्वागत गर्दै तालहरुको पहिचान कास्की जिल्लाका तालहरु
रामसार सुचीमा समावेश भएकोमा खुसी व्यक्त गर्दै यसका लागि हामी सवै एकजुट भई तालको संरक्षणमा जुट्नका
लागि आग्रह गर्नुभएको थियो ।

नेपाल सरकार, बन तथा भुसंरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय
निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक साथै नेपाल सरकारको तर्फबाट रामसार सम्पर्क
व्यक्ति डा. महेश्वर ढकालले सहज र सरल रुपमा रामसारको अवसर र चुनौती सम्वन्धि कार्यपत्र प्रस्तुत
गर्नुहुदै रामसारमा सुचिकृत भए पश्चात हुने अवशर फाईदाका वारेमा जानकारी दिदै तालहरु रामसारमा पर्नाले
स्थानिय क्षेत्रको मात्र नभई विश्वकै एजेन्डाको विषय भएको र जसबाट विश्वकै मानिसहरु यसबारे चिन्ता र
मनन् गर्ने छन् उहांको भनाई थियो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पोखराका
ताल संरक्षण समितिको बैठक छिट्टै बस्ने र रामसारमा सुचिकृत नौ वटै तालहरुलाई समेटेर गुरुयोजना बनाउने
बताउदै सवैले मिलेर ताल संरक्षणमा सवै एक हुनका लागि आग्रह गर्नुभएको थियो ।

पोखरा उपत्यका नगर
विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, लेखनाथ
उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी, ली वर्ड पोखराका
कार्यक्रम आशाराम गुरुङ लगायतले तालको संरक्षण गर्ने दायित्व र जिम्मेवारी स्थानीयको भएको बताउनु भएको
थियो ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा लेखनाथ नगरपालिका र ली वर्ड पोखराको सहयोगमा
आयोजना गरिएको अन्तरक्रिया तथा गोष्ठी कार्यक्रममा लेखनाथ नगर स्तरिय राजनैतिक पाटी, सामाजिक संघ
संस्था, वन उपभोक्ता संस्थाका प्रमुख एवं प्रतिनिधी, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी,
कार्यसमिति, सल्लाहकार, उपसमिति संयोजक लगायतको सहभागिता रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य
संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले
धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध