२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रामसारमा सुचिकृत तालको संरक्षणमा जुट्नका आग्रह

१६ बैशाख २०७३, बिहीबार ०२:४०

Begnas_lakeशिव न्यौपाने  । बैशाख १६, पोखरा । पोखरामा रहेका ९ वटा ताल विश्व
सम्पदा रामसारमा सुचिकृत भईसकेको ती मध्ये ७ ताल लेखनाथ नगरपालिकामा भएको अवस्थामा यहाँका स्थानीयहरुलाई
रामसारका अवसर र चुनौती बारे जानकारी दिने उदेश्यले रामसारका अवशर र चुनैति विषयक अन्तरक्रिया गोष्ठि
बुधवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका
अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएको रामसारका अवसर र चुनौती विषयक गोष्ठि
कार्यक्रममा अध्यक्ष त्रिपाठीले सहभागिहरुलाई स्वागत गर्दै तालहरुको पहिचान कास्की जिल्लाका तालहरु
रामसार सुचीमा समावेश भएकोमा खुसी व्यक्त गर्दै यसका लागि हामी सवै एकजुट भई तालको संरक्षणमा जुट्नका
लागि आग्रह गर्नुभएको थियो ।

नेपाल सरकार, बन तथा भुसंरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय
निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक साथै नेपाल सरकारको तर्फबाट रामसार सम्पर्क
व्यक्ति डा. महेश्वर ढकालले सहज र सरल रुपमा रामसारको अवसर र चुनौती सम्वन्धि कार्यपत्र प्रस्तुत
गर्नुहुदै रामसारमा सुचिकृत भए पश्चात हुने अवशर फाईदाका वारेमा जानकारी दिदै तालहरु रामसारमा पर्नाले
स्थानिय क्षेत्रको मात्र नभई विश्वकै एजेन्डाको विषय भएको र जसबाट विश्वकै मानिसहरु यसबारे चिन्ता र
मनन् गर्ने छन् उहांको भनाई थियो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पोखराका
ताल संरक्षण समितिको बैठक छिट्टै बस्ने र रामसारमा सुचिकृत नौ वटै तालहरुलाई समेटेर गुरुयोजना बनाउने
बताउदै सवैले मिलेर ताल संरक्षणमा सवै एक हुनका लागि आग्रह गर्नुभएको थियो ।

पोखरा उपत्यका नगर
विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, लेखनाथ
उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी, ली वर्ड पोखराका
कार्यक्रम आशाराम गुरुङ लगायतले तालको संरक्षण गर्ने दायित्व र जिम्मेवारी स्थानीयको भएको बताउनु भएको
थियो ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा लेखनाथ नगरपालिका र ली वर्ड पोखराको सहयोगमा
आयोजना गरिएको अन्तरक्रिया तथा गोष्ठी कार्यक्रममा लेखनाथ नगर स्तरिय राजनैतिक पाटी, सामाजिक संघ
संस्था, वन उपभोक्ता संस्थाका प्रमुख एवं प्रतिनिधी, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी,
कार्यसमिति, सल्लाहकार, उपसमिति संयोजक लगायतको सहभागिता रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य
संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले
धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली