2026-07-02 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गौरीशंकर आठौ राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पियन

बैशाख १९, पोखरा । गौरीशंकर मावि हेमजा कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति
रनिङ्ग शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । आठौ संस्करणसम्म आउदा
सरकारी विद्यालय पहिलो पटक च्याम्पियन बनेको हो ।
sports sajhasabal

शनिबार सम्पन्न प्रतियोगितामा एथलेट्रिक्समा ९० र कबडडीमा ४२ अंक सहित कुल १ सय ३२ अंक
ल्याउदै च्याम्पियन बनेको हो । च्याम्पियन गौरीशंकरले नगद १५ हजार, रर्निङ्ग सिल्ड, ट्रफि मेडल र
प्रमाणपत्र प्राप्त गर्न सफल भयो । राष्ट्रपति रर्निङ्ग शिल्डको छैठौ पटकको विजेता टप्स उपविजेतामा
सिमित बन्दै नगद १२ हजार र ट्रफी जित्यो ।लगातार तिन पटक च्याम्पियन बन्दै शिल्ड पच गरेको टप्स २०७० र
७१ को पनि विजेता च्याम्पियन हो । उसले कुल १ सय ११ अंक ल्याउदै उपविजेतामा चित्त बुझायो । उसले
एथलेटिक्समा ७८ र भलिबलमा ४२ अंक ल्याएको
थियो । एथलेटिक्समा ७९ अंक ल्याएर कास्की मोर्डनाइज्ड
बोर्डिङ स्कुल तेस्रो हुदै नगद ९ हजार र ट्रफी प्राप्त गर्यो भयो भने सैनिक आवासिय विद्यालय ५४ अंक
जोडदै चौथो भयो ।

शनिबार सम्पन्न कबड्डीको छात्र फाइनलमा
गौरीशंकले अमरसिंह उमाविलाई २९–२८ ले पराजित गदै उपाधि जित्यो । भने छात्रा तर्फ शान्ति दिप बोर्डिङ
स्कुलले डायमण्ड उच्चमाविलाई पराजित गदै उपाधि जित्न सफल भयो । कबडड्ीमा छात्रमा अमरसिंहका मनोज गुरुङ र
छात्रा तर्फ शान्तिदीपकी कविता मगर उत्कृष्ट खेलाडी घोषित हुदै जनही एक एक हजार सहित ट्रफी प्राप्त
गर्नुभयो । विजेता विद्यालयका खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज
पौडेल, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष चक्रप्रसाद गौचन(खगेन्द्र), पोखरा
उपमहानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, क्षेत्रिय सदस्य सम्पन्नमान श्रेष्ठ,कास्की जिल्ला
कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्य दिपक तिमिल्सिना, अजय पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए

छात्रा भलिबलको उपाधि टप्सले र छात्र तर्फको उपाधि बराह मावि
भेडाबारीले जितेको थियो । भलिबल छात्रा तर्फ टप्सकी मनिता आले र छात्र तर्फ बराह उमाविका पारस गुरुङ
उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५/५ हजार र टफी प्राप्त गरे । एथलेटिक्स तर्फ गण्डकी बोर्डिङका
विकासकुमार शाह र छात्रा तर्फ टप्सकी शशी चौधरी उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५/५ हजार र टफी जिते

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध