2026-07-02 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने १५ दिने तालिम सम्पन्न

वैशाख १९,
पोखरा । 
रेडियो जननी ९०.६ को समन्वय तथा कास्की पोखरा हस्तकला संघ राष्ट्रबैंक चोक पोखरा १७,
पोखरा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा पोखराको नँयाबजारमा
सञ्चालित फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने तालिम आइतबार सम्पन्न भएको छ । पोखरा
उप—महानगरपालिका, नेपाल हस्तकला महासंघ थापाथली काठमाडौ र पद्मावती हस्तकला उद्योग पोखराको सहयोगमा १५
दिने तालिम सञ्चालन भएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख
अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले सीप सिकेर फुर्सदको समयलाई सदुपयोग गर्दै
उद्यमशीलतामा लाग्न महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । उहाँले तालिमलाई तालिममा मात्र सिमित नराखी
व्यवहारमा उर्तानु पर्ने बताउदै फेब्रिकका टुक्राहरुबाट निर्मित माला, फुलले विदेशी पाउनाहरुलाई स्वागत
गर्न उपयोगी हुने बताउनु भयो ।

पोखरा उप—महानगरपालिकाका सामाजिक
विभागका बरिष्ठ अधिकृत ओमराज पौड्यालले फ्रेब्रिकका हस्तकलाका सामाग्री देख्दा पनि राम्रो र उपयोगी
रहेको बताउनुभयो । पौड्यालले तालिममा सहभागीलाई व्यवसायिक रुपमा लाग्न आग्रह पनि गर्नुभयो ।

तालिममा कास्की पोखरा हस्तकला संघका अध्यक्ष, पदमावती हस्तकला उद्योगका
संचालक एवम् रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले समयको सदुपयोग गदैै काम गर्न सकेमा सफलता मिल्ने
बताउनु भयो । उहाँले आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास आवश्यक रहेकाले सबै महिला
दिदीबहिनीहरुलाई उद्यमशीलतामा लाग्न आग्रह गर्नु भयो ।

रेडियो
जननीका निर्देशक हर्सिना बस्नेतले रेडियो जननीले उद्यमशीलतालाई जोड दिदै विभिन्न कार्यक्रम गर्दै आएको
उल्लेख गर्दै यस्ता तालिम र कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । तालिममा सहभागी
विमला रानाभाट र सरस्वती श्रेष्ठले गृहणीहरुका लागि तालिम निकैै प्रभावकारी रहेको बताए ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरिएको तालिममा वडा नं ९
का टोल विकास संस्था र आमा समुहका ३५ जनाको सहभागीता रहेको थियो । तालिममा उत्कृष्ट हुने सरस्वती
श्रेष्ठ, मनिसा श्रेष्ठ, वविता खति र सरोजलिन कायस्थलाई पुरस्कृत पनि गरिएको थियो ।

तालिममा पदमावती हस्तकला उद्योगका संचालक एवम् रेडीयो जननीका अध्यक्ष हिरा
भट्टराई, साधना तिवारी, शुशिला लम्सालले फेब्रिकको माला, व्याच, बुके, फुलको थुगां बनाउन सिकाउनु भएको
थियो ।

पद्मावती हस्तकला उद्योगका संचालक एवम् रेडीयो जननीका
अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पुर्व
अध्यक्ष सुरेसराज भण्डारी , नगर टोल विकास समन्वय समितिका अध्यक्ष एवम् वडा नं ९ का टोल विकासका अध्यक्ष
उत्तम जोशी, तमुधी नेपाल केन्द«ीय आमा समुहका अध्यक्ष हरि माया गरुङ्ग , प्रशिक्षक साधना तिवारीले
बोलेका थिए ।

कास्की पोखरा हस्तकला संघका उपाध्यक्ष रामकली खड्काले स्वागत मन्तव्य राख्नु भएको
थियो भने संघका सचिव सीता गरुङ्गले गर्नु कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध