२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने १५ दिने तालिम सम्पन्न

२० बैशाख २०७३, सोमबार १०:४८

वैशाख १९,
पोखरा । 
रेडियो जननी ९०.६ को समन्वय तथा कास्की पोखरा हस्तकला संघ राष्ट्रबैंक चोक पोखरा १७,
पोखरा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा पोखराको नँयाबजारमा
सञ्चालित फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने तालिम आइतबार सम्पन्न भएको छ । पोखरा
उप—महानगरपालिका, नेपाल हस्तकला महासंघ थापाथली काठमाडौ र पद्मावती हस्तकला उद्योग पोखराको सहयोगमा १५
दिने तालिम सञ्चालन भएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख
अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले सीप सिकेर फुर्सदको समयलाई सदुपयोग गर्दै
उद्यमशीलतामा लाग्न महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । उहाँले तालिमलाई तालिममा मात्र सिमित नराखी
व्यवहारमा उर्तानु पर्ने बताउदै फेब्रिकका टुक्राहरुबाट निर्मित माला, फुलले विदेशी पाउनाहरुलाई स्वागत
गर्न उपयोगी हुने बताउनु भयो ।

पोखरा उप—महानगरपालिकाका सामाजिक
विभागका बरिष्ठ अधिकृत ओमराज पौड्यालले फ्रेब्रिकका हस्तकलाका सामाग्री देख्दा पनि राम्रो र उपयोगी
रहेको बताउनुभयो । पौड्यालले तालिममा सहभागीलाई व्यवसायिक रुपमा लाग्न आग्रह पनि गर्नुभयो ।

तालिममा कास्की पोखरा हस्तकला संघका अध्यक्ष, पदमावती हस्तकला उद्योगका
संचालक एवम् रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले समयको सदुपयोग गदैै काम गर्न सकेमा सफलता मिल्ने
बताउनु भयो । उहाँले आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास आवश्यक रहेकाले सबै महिला
दिदीबहिनीहरुलाई उद्यमशीलतामा लाग्न आग्रह गर्नु भयो ।

रेडियो
जननीका निर्देशक हर्सिना बस्नेतले रेडियो जननीले उद्यमशीलतालाई जोड दिदै विभिन्न कार्यक्रम गर्दै आएको
उल्लेख गर्दै यस्ता तालिम र कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । तालिममा सहभागी
विमला रानाभाट र सरस्वती श्रेष्ठले गृहणीहरुका लागि तालिम निकैै प्रभावकारी रहेको बताए ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरिएको तालिममा वडा नं ९
का टोल विकास संस्था र आमा समुहका ३५ जनाको सहभागीता रहेको थियो । तालिममा उत्कृष्ट हुने सरस्वती
श्रेष्ठ, मनिसा श्रेष्ठ, वविता खति र सरोजलिन कायस्थलाई पुरस्कृत पनि गरिएको थियो ।

तालिममा पदमावती हस्तकला उद्योगका संचालक एवम् रेडीयो जननीका अध्यक्ष हिरा
भट्टराई, साधना तिवारी, शुशिला लम्सालले फेब्रिकको माला, व्याच, बुके, फुलको थुगां बनाउन सिकाउनु भएको
थियो ।

पद्मावती हस्तकला उद्योगका संचालक एवम् रेडीयो जननीका
अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पुर्व
अध्यक्ष सुरेसराज भण्डारी , नगर टोल विकास समन्वय समितिका अध्यक्ष एवम् वडा नं ९ का टोल विकासका अध्यक्ष
उत्तम जोशी, तमुधी नेपाल केन्द«ीय आमा समुहका अध्यक्ष हरि माया गरुङ्ग , प्रशिक्षक साधना तिवारीले
बोलेका थिए ।

कास्की पोखरा हस्तकला संघका उपाध्यक्ष रामकली खड्काले स्वागत मन्तव्य राख्नु भएको
थियो भने संघका सचिव सीता गरुङ्गले गर्नु कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली