२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मजदुरको आशा अझै माओवादी

२० बैशाख २०७३, सोमबार १०:५०

वैशाख १९,  पोखरा । एकीकृत माओवादीका केन्द्रीय
सदस्य राजकाजी गुरुब ­करण) ले श्रमजीवी मजदुरहरुको आशा अझैपनि माओवादीमै रहेको बताएका छन् ।

१२७
औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीले आइतबार पोखरामा गरेको शुभकामना
आदानप्रदान तथा बृहत प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, । आम उत्पीडित वर्ग, मजदुर, किसानहरुमा अझै
पनि मुलुकमा कसैले गर्छ भने त्यो माओवादीले नै गर्छ भन्ने आशा छ ।’ माओवादी जनयुद्धले नै मजदुरको मुद्दा
स्थापित गरेको बताउँदै नेता करणले शान्ति प्रक्रियामा आएपछि कार्यान्वयन गराएको स्मरण गरे । पाँच
माओवादी घटक एकै ठाउँमा आउने अन्तिम तयारी गरेको उनले जानकारी दिए ।
majdhur diwos - kaski -
sajha sabal

कार्यक्रममा एमाओवादी
कास्की अध्यक्ष दीपक कोइरालाले ट्रेड युनियन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि
बढ्नुपर्ने बताए । उनले माओवादी आन्दोलन वर्गीय लगाइँ पनि भएकोले टे«ड युनियन आन्दोल र माओवादी आन्दोलन
एक अर्काको परिपूरक भएको धारणा राखे । कोइरालाले भने, ।।।माओवादी आन्दोलन सुदृढ हुँदा मात्रै टे«ड
युनियन आन्दोलन सुदृढ हुन्छ ।’

कार्यक्रममा तमु राष्ट्रिय
मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमु आभाष) ले एकपटक फेरी
अधिकार प्राप्तिको आन्दोलनमा अगाडि

बढ्नुको विकल्प नभएको
बताए । उनले संविधानमा उल्लेखित हकअधिकारहरु कार्यान्वयन नहुने खतरा रहेकोले खबरदारी गर्न मजदुरहरुलाई
आग्रह गरे । प्रशिक्षणमा एमाओवादी नेता लालमोहन तिवारी, अखिल नेपाल टे«ड युनियन महासंघका ४ नम्बर प्रदेश
सचिव राजेन्द्र न्यौपाने, अखिल नेपाल होटल, रेस्टुराँ तथा क्यासिनो मजदुर संघका केन्द्रीय उपाध्यक्ष
पिआर जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयोजक गोपालमणि लामिछाने, वाइसिएल कास्कीका सहसचिव
सुवास पौडेल, मजदुर प्रतिनिधि फिटुलाल चौधरी, लक्ष्मी भुजेल ।।।निशा’ लगायतले बोलेका थिए ।

अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीका अध्यक्ष नविन अधिकारीको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लिला जिसीले स्वागत र सचिव गुणराज बास्तोलाले सञ्चालन गरेका
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने