2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मजदुरको आशा अझै माओवादी

वैशाख १९,  पोखरा । एकीकृत माओवादीका केन्द्रीय
सदस्य राजकाजी गुरुब ­करण) ले श्रमजीवी मजदुरहरुको आशा अझैपनि माओवादीमै रहेको बताएका छन् ।

१२७
औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीले आइतबार पोखरामा गरेको शुभकामना
आदानप्रदान तथा बृहत प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, । आम उत्पीडित वर्ग, मजदुर, किसानहरुमा अझै
पनि मुलुकमा कसैले गर्छ भने त्यो माओवादीले नै गर्छ भन्ने आशा छ ।’ माओवादी जनयुद्धले नै मजदुरको मुद्दा
स्थापित गरेको बताउँदै नेता करणले शान्ति प्रक्रियामा आएपछि कार्यान्वयन गराएको स्मरण गरे । पाँच
माओवादी घटक एकै ठाउँमा आउने अन्तिम तयारी गरेको उनले जानकारी दिए ।
majdhur diwos - kaski -
sajha sabal

कार्यक्रममा एमाओवादी
कास्की अध्यक्ष दीपक कोइरालाले ट्रेड युनियन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि
बढ्नुपर्ने बताए । उनले माओवादी आन्दोलन वर्गीय लगाइँ पनि भएकोले टे«ड युनियन आन्दोल र माओवादी आन्दोलन
एक अर्काको परिपूरक भएको धारणा राखे । कोइरालाले भने, ।।।माओवादी आन्दोलन सुदृढ हुँदा मात्रै टे«ड
युनियन आन्दोलन सुदृढ हुन्छ ।’

कार्यक्रममा तमु राष्ट्रिय
मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमु आभाष) ले एकपटक फेरी
अधिकार प्राप्तिको आन्दोलनमा अगाडि

बढ्नुको विकल्प नभएको
बताए । उनले संविधानमा उल्लेखित हकअधिकारहरु कार्यान्वयन नहुने खतरा रहेकोले खबरदारी गर्न मजदुरहरुलाई
आग्रह गरे । प्रशिक्षणमा एमाओवादी नेता लालमोहन तिवारी, अखिल नेपाल टे«ड युनियन महासंघका ४ नम्बर प्रदेश
सचिव राजेन्द्र न्यौपाने, अखिल नेपाल होटल, रेस्टुराँ तथा क्यासिनो मजदुर संघका केन्द्रीय उपाध्यक्ष
पिआर जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयोजक गोपालमणि लामिछाने, वाइसिएल कास्कीका सहसचिव
सुवास पौडेल, मजदुर प्रतिनिधि फिटुलाल चौधरी, लक्ष्मी भुजेल ।।।निशा’ लगायतले बोलेका थिए ।

अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीका अध्यक्ष नविन अधिकारीको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लिला जिसीले स्वागत र सचिव गुणराज बास्तोलाले सञ्चालन गरेका
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई