कमल रावल | पुस २, अछाम | सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन ९ बर्ष पुरा गरि १० औँ बर्षमा प्रबेश गरेको छ । 

२०६३ सालमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | पुस २, अछाम | सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन ९ बर्ष पुरा गरि १० औँ बर्षमा प्रबेश गरेको छ । 

२०६३ सालमा "/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडियो रामारोशन १० औँ बर्षमा प्रबेश

२ पुष २०७३, शनिबार १५:३८


कमल रावल | पुस २, अछाम | सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन ९ बर्ष पुरा गरि १० औँ बर्षमा प्रबेश गरेको छ । 

२०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । समुदायको हीतका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको रेडियो रामारोशन सञ्चालक समितीले जनाएको छ । महिला, दलित, पछाडी परेका समुदायको पक्षमा निरन्तर वकालत गर्दै समावेशि कार्यक्रम प्रशारण गर्दै आएको रेडियो रामारोशनले पुन थप समावेशि कार्यक्रमका साथ आफनो आगामि योजनालाई निरन्तरता दिने ब्यावस्थापन पक्षले जनाएको छ । यहाँ सम्मको यात्रामा साथ दिने सम्पुर्ण कर्मचारी, स्रोता, विज्ञापनदाता, कार्यक्रम प्रायोजक र सहयोग गर्ने सुवेच्छुकहरुलाई धन्यवाद दिदै सञ्चालक समिती अध्यक्ष एकिन्द्र कुमार कुवरले रेडियो रामारोशनले पछाडी परेका वर्ग र समुदायको मुद्धालाई उठाएकाले सुदुरपश्चिममै छुट्टै पहिचानका साथ ९ बर्ष पुरा गरेको बताउनु भयो । 

अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा गर्न महत्वपुर्ण योगदान गरेको रेडियो रामारोशनले आगामि दिनमा छाउपडी गोठमुक्त, पुर्ण साक्षर, वाल विबाह मुक्त, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला सँगको सहकार्य लाई अघि सारेको रेडियोका कार्यकारी निर्देशक बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । ९ बर्ष अघि भाषा कला, सस्कृती र सुचना, मनोरञ्जन दिने उद्देश्यले स्थापना भएको रेडियो रामारोशनले २०७० सालमा सुदुरश्चिममै शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै शिक्षा पुरुस्कार बाट समेत सम्मानित भएको थियो भने २०७० मै खेलकुदको क्षेत्रमा जिल्लामै पहिलो पटक भएको जिल्ला स्तरिण क्रिकेटको उपाधि समेत आफनो पक्षमा पार्दै नाम राख्न सफल भएको थियो । यो अभियानलाई निरन्तरता दिदै रेडियो रामाशनले हाल शिक्षाको क्षेत्रमा भएको सुधारात्मक अभियानलाई प्राथमिकता र क्रिकेट क्षेत्रलाई अघि बढाउनका लागि प्रचारप्रसारको अभियानलाई निकै अघि बढाएको छ । 

जिल्ला वासिलाई स्वस्थ्य र सुखि बनाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय अछाम र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालसँग सहकार्य गर्दै स्वास्थ्य कार्यक्रमलाई समेत रेडियोले अघि बढाईरहेको छ । हाल रेडियो रामारोशनलाई अछाम जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, सामुदायिक सुचना नेटवर्क सिआईएन, उज्यालो नाईन्टी नेटवर्क, ऐनन्टेना फाउन्डेशन नेपाल, ईक्वल एक्सेस नेपाल, म्याक्स मिडीया, बिबिस लगाएत थुप्रै क्षेत्र बाट सहयोग रहदै आएको छ । रेडियो रामारोशनले आज दिनभर आफनो बार्षिक उत्सवको अबसरमा आफना स्रोता, विज्ञापन दाता, कार्यक्रम प्रायोजक, शुबेच्छुक, सुभचिन्तकका सुझाव, सल्लाहलाई कार्यक्रमको रुपमा प्रशारण गर्ने रेडियो रामारोशन सञ्चालक समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो