११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

शिक्षकहरु आन्दोलित, विद्यालयमा आम हड्ताल, पठनपाठन ठप्प

३ पुष २०७३, आईतवार ०७:२४

दिनेश ठकुल्ला । पुस ३, धनगढी | निजि विद्यालयमा कार्यरत शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियन कैलालीले शैक्षिक आमहड्ताको घोषणा गरेको छ । आफूले राख्दै आएका शैक्षिक मागहरुको सम्बोधन नभएपछि आईतवारदेखि जिल्लाका सबै निजि तथा संस्थागत उच्च माविहरुमा अनिश्चितकालिन शैक्षिक हड्ताल गरिएको युनियनले जनाएको छ । 

जसका कारण सवै निजि तथा संस्थागत उच्च माविहरु ठप्प छन ।  माग पुरा गराउनका लागि पटकपटक सरोकारवालालाई ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको युनियनले जनाएको छ । निजि विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरकारी तह अनुसार सेवा, सुविधा दिइनु पर्ने, एक शिक्षकले एक दिन ५ वटा कक्षामात्र पढाउने व्यवस्था हुनुपर्ने, निजि विद्यालयमा कार्यरत शिक्षकको नियुक्ति पत्रको व्यवस्था हुनुपर्ने माग आफूहरुको रहेको युनियनका अध्यक्ष धर्मराज भट्टले बताउनुभयो  । यस्तै निजि विद्यालयका शिक्षकहरुका लागि पनि संचय कोष, बिमाको सुविधा हुनुपर्ने, परीक्षामा एकरुपता हुनुपर्ने, कपि जाँचको शुल्क दिनुपर्ने माग शिक्षकहरुले गरेका छन् । 

शिक्षकका पेशागतसंगै शैक्षिक सुधारका मागहरु समेत युनियनले गरेको छ । कक्षामा अडियो–भिडियोमार्फत पठनपाठनको व्यवस्था हुनुपर्ने, विद्यालयमा ई–लाईब्रेरी हुनुपर्ने, खाजाघरको व्यवस्था हुनुपर्ने र निजि विद्यालयमा मनपरी भईरहने पाठ्यपुस्तक परिवर्तनलाई कम गर्न पाठ्यक्रम परिवर्तन गर्दा शिक्षकको पनि सहमति हुनुपर्ने माग गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।  

उहाले आफ्ना मागहरुबाट पटकपटक सरोकारवालाको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि विद्यालय बन्द गरेर आन्दोलनमा जानु परेको बतानुभयो  । यसअघि जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समितिलगायत सरोकारवाला निकाय तथा विद्यालय संचालकहरुलाई मागबारे ध्यानाकर्षण गराइएको थियो । माग पुरा गराउनका लागि दवाव दिन यसअघि निजि विद्यालयको संगठन प्याब्सन र एन प्याव्सनमा तालाबन्दीसमेत गरिएको थियो । जिल्लाभर करिब २ सय निजि विद्यालयमा ३ हजार भन्दा बढी शिक्षक कार्यरत रहेका बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता