2026-07-03 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सडक बालकसँग एमआरआर

बैशाख २३, पोखरा ।  युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम
रिलोडेड (एमआरआर) ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्ने क्रममा विहीबार पोखरामा सडक
बालकलाई कपडा वितरण गरेको छ ।

fnj

यहाँकै सडक बालकसँग ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान सम्पन्न गरिसकेको
एमआरआर पोखराले उनीहरुलाई नुहाई धुवाई गरिदिएर नयाँ कपडा वितरण गरेको हो । चाईल्ड वेलफेयर स्किम नेपाल
(सीडब्लुएसएन), न्युरोडको ज्योति स्ट्रीट प्रोजेक्ट, हिमालयन लाईफ केयर, पृथ्वीचोकको सहयोगमा पोखरा
नगरक्षेत्रमा रहेका ५० बढि बालकहरु जम्मा गरी टिसर्ट सहित एक जोरका दरले कपडा वितरण र खाजा खुवाएको
एमआरआर पोखरा प्रतिनिधि सुर्य तिमिल्सिनाले जानकारी दिए ।

वितरित टिसर्टमा ‘मलाई आत्मसन्नाका साथ बाँच्न देउ’ र ‘आवाज विहीनको आवाज एमआरआर’ लेखिएको छ ।
, 2, 19, 2उनीहरुसँग आत्मीय सम्बन्ध कायम गर्दै समाजमा पुर्नस्थापित गराउने योजनाका साथ एकपछि अर्को सडकबालक
लक्षित कार्यक्रमहरु सञ्चालन गरेको एमआरआर पोखराले बताएको छ ।

कार्यक्रम संयोजक समेत रहेका तिमिल्सिनाले सबैको सहयोगबाट पोखरामा फेरि सामाजिक कार्य गर्न
सम्भव भएको बताए । उनले सहयोगी सबैलाई आभार व्यक्त गर्दै यो कार्यमा खटिने पोखरा स्थित एमआरआर मेम्बरहरु
पनि धन्यवादको पात्र भएको बताए । एमआरआर कतारबाट १० हजार, एआरआर कोरियाबाट छ हजार पाँच सय, हिमचन्द्र
ट्रष्टबाट पाँच हजार, जर्मनीमा रहेका नलिना र प्रकाश पौडेलबाट पाँच हजार, डब्लुआरआर मार्फत पारु गुरुङले
आठ हजार दुई सय ५० लगायतबाट करिब ३५ हजार संकलन भएको तिमिल्सिनाले बताए ।

एमआरआर पोखरामा ४० बढि सक्रिय युवाहरु रहेका छन् । पोखराका विभिन्न सार्वजनिक स्थलमा सरसफाई
कार्यक्रममा जुट्ने अर्का मेम्बर सविन न्यौपानेले जानकारी दिए । एमआरआर पोखराले यसअघि ‘तान भाई तान
आत्मनिर्भरताको शान’ भन्ने मुल नाराका साथ नेपाली पहिचान झल्कने ढाका टोपी र गोल्डस्टार जुत्तामा सहभागि
हुँदै नाकाबन्दीको विरोधमा डोरीले गाडी तान्ने, बन्द विरुद्ध अब युवाहरु जाग्नुपर्छ भन्दै बन्द
विरुद्धको ¥याली, पोखराका विभिन्न स्थानमा सरसफाई, शान्ति सद्भाव ¥याली आयोजना गरिसकेको छ । समूहमा
रहेका विभिन्न ठाउँका युवाहरु एकीकृत भई सामाजिक कार्यहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक