पुस ३,

काठमाडौँ । नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३,

काठमाडौँ । नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

३ पुष २०७३, आईतवार १२:४०

पुस ३,

काठमाडौँ । नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा आज हस्ताक्षर भएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आज यहाँ सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

यसअघि गतवर्ष कात्तिक ३० गते भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न ११ बुँदे सम्झौता कार्यान्वयन योजनामा हस्ताक्षर भएको हो । 

कार्यान्वयन योजनाका मुख्य बुँदामा प्रभावकारी सूचना आदानप्रदानका लागि सम्पर्क अधिकृत तोक्ने, वैदेशिक रोजगारीमा पठाउने निजी कम्पनीलाई प्रशिक्षित गर्ने, नेपाली कामदारको गुनासो समाधानको सहजीकरणका लागि निःशुल्क कानुनी सहयोग कतारको मानवअधिकार समितिले प्रदान गर्ने उल्लेख छ । 

त्यसैगरी मानवअधिकार समिति कतारले आफ्ना सम्बद्ध श्रम, आन्तरिक मामिला मन्त्रालयका कर्मचारीलाई र नेपालमा समृद्ध मन्त्रालयका कर्मचारीलाई आप्रवासी कामदारको अधिकारको सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने, नेपाली प्रवासी कामदारको व्यावसायिक सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धानका लागि सहयोग गर्ने, मानवअधिकारसम्बन्धी एसिया प्रशान्त मञ्चको सहजीकरणमा दुबै पक्षको कर्मचारीको क्षमता अभिवृद्धि गर्नेलगायतका विषय योजनामा उल्लेख गरिएको छ । 

आयोगका अध्यक्ष शर्माले यसअघि सन् २०१० मा आयोगले दक्षिण कोरियाको मानवअधिकार आयोगसँग कामदारको हकहितसम्बन्धी घोषणापत्रमा हस्ताक्षर भएकामा कतारसँगको सम्झौता दोस्रो भएको जानकारी दिनुभयो । 

सम्झौताले कतारमा भएका नेपालीका कामदारको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कतारका समितिका अध्यक्ष अल्मारीले आफ्नो मुलुकमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा नेपालीसहित अन्य देशका विदेशी कामदार रोजगारीका लागि आइरहेको र उनीहरुको अधिकारका लागि कतारले विभिन्न कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । 

गत मङ्सिर २८ गते कतार सरकारले आप्रवासी कामदारको हकहितका लागि निकै सुधारका कार्यक्रम घोषणा गरेको जसअन्तर्गत कतारमा कामदारको आवागमन, बसाई र स्वदेश फिर्ती धेरै सहज हुने बताउनुभयो । 

आयोगका सदस्य सुदीप पाठकले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस र कतारको राष्ट्रिय दिवसको अवसरमा सम्झौतापत्रमा हस्ताक्षर भएको बताउँदै यसको कार्यान्वयनमा दुबै देशका आयोग प्रतिवद्ध रहेको घोषणा गर्नुभयो । 

गत वर्ष कात्तिक ३० गते भएको १० बुँदे सम्झौताको अवधि चार वर्षको रहने र आवश्यकतानुसार समावधि थप्न सकिने जनाइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण