पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलालहरुले थाइल्यान्ड पुर्याई अलपत्र पार्नेक्रम बढ्यो

४ पुष २०७३, सोमबार १३:४२

पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । 

मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायत आकर्षक देशमा प्रवेशाज्ञा लगाई पठाइदिने प्रलोभनमा पारी ठग्दै आएकाले त्यसमा नपर्न थाइल्यान्डस्थित नेपाली दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । तस्करले आकर्षक गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा त्यहाँबाट त्यस्ता देशमा जानसमेत सजिलो हुने जनाउँदै नेपालीलाई सुरुमा सम्बन्धित देशको प्रवेशाज्ञा लागेपछि मात्रै रकम दिने सर्तमा राजधानी बैंकक बोलाउने गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “थाइल्यान्ड आइसकेपछि अनेक बहाना बनाएर सकेसम्म धेरै पैसा मगाउन लगाई निजबाट लिने र कानुनी रुपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहाँका प्रहरी प्रशासनलाई खबर गरी÷गराई पक्रन लगाउने वा प्रवेशाज्ञाको अवधि बढाउनका लागि छिमेकी मुलुक (मलेसिया, सिङ्गापुर, कम्बोडिया आदि) गएर आउन सुझाउने र त्यहाँ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको प्रवेशाज्ञा उपलब्ध नहुने हँुदा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिन्छ ।” 

कतिपय अवस्थामा विकसित देशको नक्कली प्रवेशाज्ञा लगाएर कबोल गरे जति रकम असुल गरी पीडितलाई नक्कली प्रवेशाज्ञा दिने र सोको सूचना त्यहाँका प्रहरी प्रशासनलाई दिई पक्राउ गराउनेजस्ता कार्यसमेत भएको दूतावासले जनाएको छ । 

मानव तस्करले आफ्नो वास्तविक परिचय नखुलाई नक्कली नाम र ठेगाना बताएर ठग्ने हुँदा पीडितले तिनविरुद्ध उजुरी गर्नसमेत नसक्ने अवस्थाको सिर्जना हुने र पीडित नै प्रहरीद्वारा पक्राउ पर्ने गरेको देखिएको छ । पीडकको नाम र ठेगाना दिन नसक्ने अवस्थामा प्रहरीले पक्राउ परेका पीडितलाई कानुनी रुपमा दोषी ठहर्याई कारबाहीमा पार्ने गरेका छन् । थाइल्यान्डबाट मात्र नभई छिमेकी मुलुक कम्बोडिया, लाओस, भियतनामबाट समेत यस प्रकारको ठगी धन्दा मौलाउन थालेको दूतावासले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, “आफू ठगिनुभन्दा अगाडिसम्म यस राजदूतावासमा जानकारी गराएमा आफू गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्नबाट वञ्चित भइने डरले यस राजदूतावासलाई जानकारी नगराउने र सम्पूर्ण रुपमा ठगिइसकेपछि मात्र यस राजदूतावासमा सम्पर्क गर्न आउने गरेका कारणले गर्दा पनि समयमै ठगिनबाट बचाउन नसकिने अवस्था छ ।” मानव तस्कर र दलालले भन्ने गरे झँै नेपालीलाई थाइल्यान्ड, कम्बोडिया, लाओस आदिबाट विकसित मुलुकको प्रवेशाज्ञा सहज रुपमा प्राप्त नहुने भएकाले यसप्रति सचेत हुन र मानव तस्करको प्रलोभनमा नपर्न सबै नेपालीलाई आग्रह गरिएको छ । 

महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पछिल्लो दिनमा थाइल्यान्ड लैजाने बहानामा आफहरु ठगिएको जनाई उजुरी आउनेक्रम बढ्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“उजुरीका आधारमा केही मानव तस्करलाई पक्राउ गरिएको छ र पीडितलाई रकमसमेत दिलाइएको छ ।” ठगीमा परेकाहरुलाई महाशाखामा आई उजुरी दिनसमेत उहाँले आग्रह गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान