११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुसंसकारका बिरुद्ध एकजुट हुन एमालेको आव्हान

४ पुष २०७३, सोमबार १६:०४

कमल रावल | पुस ४, अछाम | अछाम जिल्लाको गाज्रा गाविसमा महिनाबारी भएको बेला छाउपडी गोठमा ज्यान गुमाएको घटनाप्रति नेकपा एमाले अछामले प्रेश बिज्ञप्तीमार्फत दुख व्यक्त गरेको छ । 

गाज्रा गाविस वडा नम्बर ७ का भरत तिरुवाकी छोरी १५ बर्षीया रोशनी तिरुवाको छाउगोठमै ज्यान गएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतक रोशनी प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना अपर्ण गर्दै नेकपा एमाले अछामले प्रेस बिज्ञप्ती निकालेको हो । पार्टी अध्यक्ष शेरबहादुर कुँवरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता सामाजिक कुसंसाकार र कुप्रथाले अछाम र अछामीको प्रतिष्ठामा समेत आँच आएको र यसको अन्त्यका लागि सबै जुट्नुुपर्ने उल्लेख छ । समाजका यस्ता कुसंस्कार र कुप्रथाका बिरुद्ध नेकपा एमाले बिगत लामो समय देखि निरन्तर लागिरहेको र बिभिन्न खाले संघर्ष गर्दै आईरहेको उल्लेख छ । बिज्ञप्ती मार्फत अहिले एमालेले संविधानको कार्यान्वयन, राष्ट्रिय एकता र स्वाभिमानका लागि अभियानमा जुटिरहेको र यो अभियानमा लैंगिक हिंसा, महिला अधिकार, जातिय छुवाछुत लगायतका सामाजिक विकृति र बिसंगतीका बिरुद्ध गाउँ गाउँमा शशक्त आवाज उठाईरहेको बताईएको छ । जनपरिचालन अभियानमा सम्पूर्ण पार्टी पंक्ति, समाजसेवि बुद्धिजिवि, सरकारी गैरसरकारी कार्यालय, आम अछामबासी दाजुभाई दिदीबहिनीमा यस कुप्रथाको अन्त्यका लागि एकताबद्ध भई लाग्नहुन र आगामी दिनमा यस्ता घटना दोहरीन नदिन सबै पक्षबाट सकारात्म पहलको अपेक्षा गरेको बिज्ञप्तीमा जनाईएको छ । 

बिज्ञप्तीमार्फत सम्पूर्ण अभिभावकमा समेत आफ्ना छोरी, बुहारी, श्रीमतिलाई छाउगोठमा नपठाउन समेत अपिल गरिएको छ । गत मंसिर ४ गते जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ मा २६ बर्षीया डम्बरा उपाध्यायको ज्यान गएको थियो भने पौष ३ गते गाज्रा गाविसमा रोशनीको छाउगोठमै ज्यान गएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह