२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मदन आश्रित स्मृति दिवस मनाइने

२७ बैशाख २०७३, सोमबार ००:११

शिव न्यौपाने | बैशाख २७, पोखरा |

नेकपा एमाले जिल्ला कमिटी कास्कीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २३ औं
स्मृति दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । कमिटीको १८ औं पूर्ण बैठकले सो दिवस जेठ १, २ र ३
गते रचनात्मक कार्यक्रम सहित मनाउने निर्णय गरेको हो ।जेठ १ गते युवा विद्यार्थीको व्यवस्थापनमा
पृथ्वीचोकमा बिहान ७ः०० बजे खुल्ला रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख तेजनारायण
अधिकारीले जानकारी दिए । बैठकले जेठ २ गते मदनआश्रित पार्क पोखरा १६ मा सरसफाई गर्ने र जेठ ३ गते बिहान
११ः०० बजे वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता विषयक विचार गोष्ठी गर्ने निर्णय
गरेको छ ।

जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण
थापाको अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिटव्यूरो सदस्य तथा गण्डकी इन्चार्ज जगत विश्वकर्मा,
केन्द्रीय सदस्य तथा गण्डकी सहइन्चार्ज मायानाथ अधिकारी र कास्कीका इन्चार्ज मानबहादुर जि.सी.ले
समसामयिक विषयमा मार्गनिर्देशन दिएका थिए ।

त्यस्तै पार्टी
विधान अनुसार लेखनाथ १२ का खिम थापालाई जिल्ला कमिटीको पूर्ण सदस्यमा, पोखरा १६ का एच गायक र पोखरा २८
का लिलाधर आचार्यलाई वैकल्पिक सदस्यमा मनोनयन गरिएको छ । वैठकले पार्टी नेता एवम् केन्द्रीय सल्लाहकार
समितिका सदस्य खगराज अधिकारी, पार्टी कार्यकर्ता रुद्रनाथ अधिकारी, भोजराज अधिकारी, राजकुमारी
अधिकारी(काफ्ले), प्रेम कुमारी अधिकारी(आचार्य)का ममतामयी आमा एवम् पार्टीका अभिभावक लिलादेवी अधिकारीको
निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानलाई कदर गर्दै
मृत्युपर्यन्त पार्टीको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख अधिकारीका
अनुसार बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्व सदस्य अखिल नेपाल महिला संघका सचिव सृजना शर्मा र
जिल्ला कमिटी सदस्य शशीकला बराल अस्वस्थ रहनुभएकोमा वहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने