2026-10-14 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महिलाले छाउ गोठमा ज्यान गुमाउनु परेको भन्दै महिला अधिकारकर्मिको चासो

कमल रावल/पुस ६, अछाम । अछाम जिल्लाका अगुवा महिलाहरुले दिन प्रति दिन कुसंस्कारको सिकार बन्दै महिलाले छाउपडि गोठमा ज्यान गुमाउनु परेको भन्दै चाँसो ब्यक्त गरेका छन । नेपालमा राज्यका प्रमुख तीन वटा पदमा महिलाले प्रभावकारी नेतृत्व प्रदान गरीरहेको बेला अछाम जिल्लाका महिलाहरु भने अकालमै छाउ गोठमा ज्यान गुमाउनु परेको भन्दै चासो ब्यक्त गरेका हुन । 

यहि  मंसिर ३ गते तिमिल्सैन वडा नं ७ कि डम्बरा उपाध्याय र पौष २ गते राती गाज्रा गाबिसकी १५ बर्षिया रोशनी तिरुवाले महीनाबारि भएको बेला छाउपडी गोठमा दुखद मुत्य भएको भन्दै सबै अधिकारकर्मि स्तब्ध भएका महिला अधिकारकर्मि विन्दु रावलले बताउनु भयो । 

जिल्लामा विभिन्न सरकारी गैरसरकारी निकायहरुले प्रयाप्त कार्यक्रम संचालन गरेता पनि यो कुप्रथा अन्त्यका लागि चाहेजस्तो परिवर्तन हुन नसकेकाले प्रधानमन्त्री कार्यालयमा भोलि नै जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानआकर्षण पत्र बुझाउने कार्यक्रम रहेको रावलले बताउनु भयो । 

नेपालको संविधानको भाग ३ धारा ३८ र ३९ मौलिक हक अन्र्तगत महिला र बालबालिको हक सम्बन्धी व्यवस्था भएतापनि विगत लामो समयदेखि अछाम जिल्लामा छाउपडी कुप्रथा जस्ता सामाजिक प्रथा एंव संस्कारले  एक दशकदेखि ९ जना महिलाहरुको छाउपडी गोठमा वसेको कारण मृत्यु भएको र यस कुसंस्कारले गर्दा अछामी महिलाहरु पिडित र यस सवालप्रति चिन्तित भएका प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएको छ । 

आगामी दिनमा महिला मानव अधिकारको सदुपयोग र नागरिकको कर्तव्यको हैसियतले सम्पुर्ण अछाम बासी महिला दिदी वहिनीहरुलाई छाउपडी गोठमा नबस्न र घरपरिवारलाई गोठमा नपठाउन, सुरक्षित ठाउंमा बस्न सहयोग गर्नको लागि हार्दिक अपिल गरिएको सबै अधिकारीकर्मिले हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश