सास । पौष ९, बर्दिया ।
    आफ्ना व्यक्तिगत स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ९, बर्दिया ।
    आफ्ना व्यक्तिगत स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै ह"/>
2026-09-18 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सार्है चित्त बुझेरै हासियो (भिडियो सहित)

सास । पौष ९, बर्दिया ।
    आफ्ना व्यक्तिगत
स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा
राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो
कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै हुने
गरेको तर जेष्ठ नागरिक विनाको घर नै सुनसान हुने र परिवारका बालबालिकाहरु
नै संस्कारित हुन नसकेको अवस्था हाम्रो समुदायको छ ।
उपरोक्त अवस्थालाई
समेटेर जिल्ला कानुनी सहायता समिति, सामाजिक कानुनी सहायता केन्द्र
गुलरियाको आयोजना र बर्दियाली साहित्य समाजको समन्वयमा आज सदरमुकाम
गुलरियाको बसपार्क परिसरमा नै सडक नाटक ‘आँखा खुलेपछि’ हेरिसकेपछि तीनजना
यी जेष्ठ आमाहरुको चित्त बुझेको हो ।


नाटकमा छोराबुहारीले आफ्नो
देवताजस्तो बाबुलाई ढाँटेर वृद्धाश्रममा लगेर राखी विदेश गएर पाएको दुःख र
यता छोराछोरीहरु नै अपहरण गरेर होटलमा बेचिएपछि भएको श्रीमतीको विजोगलाई
देखाइएको थियो । साथै श्रीमतीको मानसिक असन्तुलनका कारण समाजले अनेकन
उपमाहरु दिँदै समाजको कलङ्क हो भन्दै गाउँबाटै निकाला गरेका थिए । तर
प्रहरी प्रशासन कानुनी निकायहरुको संलग्नतामा अपराधीहरुको खोजी गरी कानुनी
कठघरमा उभ्याएको दृश्य अत्यन्तै चित्त बुझ्दो रह्यो नाटक हेर्न आएकी दर्शक
रातिका चौधरीले बताउनुभयो ।


नाटकमा अपाङ्ग, गरिब, जेष्ठ नागरिक, महिला
तथा बालबालिकाहरु कुनै पनि सामाजिक हिंसामा परेकाहरुलाई निःशुल्क रुपमा
जिल्ला कानुनी सहायता समिति अन्तर्गत रहेको सामाजिक कानुनी सहायता
केन्द्रले कानुनी सेवा तथा परामर्श दिने शन्देश दिइएको थियो ।

कलाकारको समूह नाटक प्रदर्शन गर्नु अघि ……..
कलाकार
प्रभात सुवेदीको लेखन तथा निर्देशनमा देखाइएको यो सडक नाटकमा कलाकाहरु
रामप्रसाद लामिछाने, दीपा खड्का, सुदन लम्साल, शिवदत्त गैरे, आदित्य
भुर्तेल, निजुसिंह ठकुरी, राहुल भुषाल, शुस्मिता भट्टराई, सौरभ सिग्देल,
अभिनन्दन सुवेदी र प्रभात सुवेदीले सशक्त अभिनय गरेका थिए ।

नाटकको भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई