सास । पौष ९, बर्दिया ।
    आफ्ना व्यक्तिगत स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ९, बर्दिया ।
    आफ्ना व्यक्तिगत स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै ह"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सार्है चित्त बुझेरै हासियो (भिडियो सहित)

९ पुष २०७३, शनिबार १४:३४

सास । पौष ९, बर्दिया ।
    आफ्ना व्यक्तिगत
स्वार्थका कारणले छोराबुहारी मिलेर जेष्ठ नागरिकहरुलाई लगेर वृद्धाश्रममा
राख्दाको पीडा र श्रापले परिवारको संरचना नै तहसनहस भएको घटना कुनै नौलो
कुरा भने हैन । कुनै पनि घरमा जेष्ठ नागरिक हुँदाको रौनक नै छुट्टै हुने
गरेको तर जेष्ठ नागरिक विनाको घर नै सुनसान हुने र परिवारका बालबालिकाहरु
नै संस्कारित हुन नसकेको अवस्था हाम्रो समुदायको छ ।
उपरोक्त अवस्थालाई
समेटेर जिल्ला कानुनी सहायता समिति, सामाजिक कानुनी सहायता केन्द्र
गुलरियाको आयोजना र बर्दियाली साहित्य समाजको समन्वयमा आज सदरमुकाम
गुलरियाको बसपार्क परिसरमा नै सडक नाटक ‘आँखा खुलेपछि’ हेरिसकेपछि तीनजना
यी जेष्ठ आमाहरुको चित्त बुझेको हो ।


नाटकमा छोराबुहारीले आफ्नो
देवताजस्तो बाबुलाई ढाँटेर वृद्धाश्रममा लगेर राखी विदेश गएर पाएको दुःख र
यता छोराछोरीहरु नै अपहरण गरेर होटलमा बेचिएपछि भएको श्रीमतीको विजोगलाई
देखाइएको थियो । साथै श्रीमतीको मानसिक असन्तुलनका कारण समाजले अनेकन
उपमाहरु दिँदै समाजको कलङ्क हो भन्दै गाउँबाटै निकाला गरेका थिए । तर
प्रहरी प्रशासन कानुनी निकायहरुको संलग्नतामा अपराधीहरुको खोजी गरी कानुनी
कठघरमा उभ्याएको दृश्य अत्यन्तै चित्त बुझ्दो रह्यो नाटक हेर्न आएकी दर्शक
रातिका चौधरीले बताउनुभयो ।


नाटकमा अपाङ्ग, गरिब, जेष्ठ नागरिक, महिला
तथा बालबालिकाहरु कुनै पनि सामाजिक हिंसामा परेकाहरुलाई निःशुल्क रुपमा
जिल्ला कानुनी सहायता समिति अन्तर्गत रहेको सामाजिक कानुनी सहायता
केन्द्रले कानुनी सेवा तथा परामर्श दिने शन्देश दिइएको थियो ।

कलाकारको समूह नाटक प्रदर्शन गर्नु अघि ……..
कलाकार
प्रभात सुवेदीको लेखन तथा निर्देशनमा देखाइएको यो सडक नाटकमा कलाकाहरु
रामप्रसाद लामिछाने, दीपा खड्का, सुदन लम्साल, शिवदत्त गैरे, आदित्य
भुर्तेल, निजुसिंह ठकुरी, राहुल भुषाल, शुस्मिता भट्टराई, सौरभ सिग्देल,
अभिनन्दन सुवेदी र प्रभात सुवेदीले सशक्त अभिनय गरेका थिए ।

नाटकको भिडियो





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह