2026-07-10 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डडेल्धुरामा जन्मेकि सरस्वती सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला

धु्रब बिष्ट। पुष ९ डडेल्धुरा ।  डडेल्धुराकी २३ बर्षीया सरस्वती भट्टराई सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला भएकि छन । नेपाल आर्मीबाट प्रतिनिधित्व गरेकि भट्टराईले महिलातर्फ १५ सय मिटर दौडमा बाजी मारेकि हुन । उनले शनिबार महिलातर्फको एथ्लेटिक्स दौडमा निर्धारित १५ सय मिटर ४ मिनेट ४३ सेकेण्डमा पार गरेकि हुन । दौडमा अन्य १२ प्रतिस्पर्धीलाई निक्कै पछि पार्दै स्वर्ण जित्न सफल भएकि हुन । गत वर्षको ४०औं एथ्लेटिक्स प्रतियोगितामा उनले यही स्पर्धामा स्वर्ण जितेकी थिइन । १५ सय दौडमा उनको करिअरको दोस्रो स्वर्ण हो । विभागीय टोलीमा प्रवेश पाएपछि आफ्नो खेलस्तरमा निक्कै सुधार भएको बताउने सरस्वतीले सुदूपश्चिमका खेलाडीहरुलाई विभागीय टिममा आउन अपील समेत गरेकी छिन । सरस्वति ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगितामा घरेलु टोलीका तर्फबाट सहभागी भएकी थिइन । वि.सं. २०६८ सालको फागुनमा भएको छैटौं राष्ट्रिय खेलकुदमा सहभागी भएको १५ सय मिटर र ५ हजार मिटर दौडमध्ये १५ सयमा चौथो स्थान हासिल गरेकी उनले ५ हजार मिटरमा भने बीचैमा दौड छाडेकी थिइन । उनी तीन वर्षअघि नेपाली सेनामा भर्ना भएकी हुन । उनी ब्राजिलको रियो द जेनेरियोमा भएको ओलम्पिकमा समेत सहभागी भइसकेकी छिन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो