कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका"/>
2026-10-14 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

लेखक पबन मदुश्रीको पुस्तक “नमुना विकास र राजनीति” लोकार्पण

कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका वीच लोकार्पण गरिएको छ । 

एआइए स्कुल शंखमूल काठमाण्डौका प्रबन्ध निर्देशक विमल घिमिरेको अध्यक्षता भएको समारोहमा पूर्व उपप्रधानमन्त्री तथा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावल र बरिष्ठ साहित्यकार पूर्व शिक्षा मन्त्री डा. मोदानथ प्रश्रितले पुस्तकको लोकार्पण गर्नु भएको हो । लोकार्पण पछि कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले पुस्तकले समग्र देशको विकासको लागि महत्वपूर्ण बिषय उठान गरेको बताउनु भयो । सुदूरपश्चिमबाट एक होनहार प्रतिभाको उदय भएको भन्दै उहाँले राष्ट्रियता र संघीयताका बिषयमा पुस्तकले सबैले बुझ्ने गरी बिषयवस्तुको उठान गरिएको बताउनु भयो । 

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै बरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितले वर्तमान राजनीति व्यवस्था असफल भएको भन्दै अब सबै गम्भिर भएर देश विकास र विगतका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने कुरा पुस्तकले औल्याएको बताउनु भयो । स्थानीय तहको पुनः संरचना गर्दा जनसंख्यालाई आधार मान्ने कुरा बिश्वको कुनैपनि देशको प्रयोगमा नभएको भन्दै यसले विकासका वस्तुगत मूल्य र मान्यतालाई समेट्न नसक्ने लेखकको भनाई छ । 

साहित्यकार मोदनाथ प्रश्रितकै प्रेरणाले पुस्तक प्रकाशन गरेको भन्दै उहाँले आफु जिल्ला विकास समितिको एक अधिकृत तहको कर्मचारीबाट पदम बहादुर माझीबाट पबन मदुश्री हुनपरेको अवस्थाका बारेमा समेत प्रकाश पार्नुभयो । कार्यक्रममा अछाम क्षेत्र नम्बर २ सांसद भरत साउद, पूर्व सांसद रामबहादुर विष्ट, अक्कलबहादुर विष्ट, प्राध्यापक डाक्टर प्रेम कुँवर, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगाएतका अथिती रहनु भएको थियो ।  

कार्यक्रमको संञ्चालन युवा विद्यार्थी नेता भीमबहादुर रावल कालो टोपीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश