कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

लेखक पबन मदुश्रीको पुस्तक “नमुना विकास र राजनीति” लोकार्पण

१० पुष २०७३, आईतवार ०५:३८

कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका वीच लोकार्पण गरिएको छ । 

एआइए स्कुल शंखमूल काठमाण्डौका प्रबन्ध निर्देशक विमल घिमिरेको अध्यक्षता भएको समारोहमा पूर्व उपप्रधानमन्त्री तथा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावल र बरिष्ठ साहित्यकार पूर्व शिक्षा मन्त्री डा. मोदानथ प्रश्रितले पुस्तकको लोकार्पण गर्नु भएको हो । लोकार्पण पछि कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले पुस्तकले समग्र देशको विकासको लागि महत्वपूर्ण बिषय उठान गरेको बताउनु भयो । सुदूरपश्चिमबाट एक होनहार प्रतिभाको उदय भएको भन्दै उहाँले राष्ट्रियता र संघीयताका बिषयमा पुस्तकले सबैले बुझ्ने गरी बिषयवस्तुको उठान गरिएको बताउनु भयो । 

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै बरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितले वर्तमान राजनीति व्यवस्था असफल भएको भन्दै अब सबै गम्भिर भएर देश विकास र विगतका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने कुरा पुस्तकले औल्याएको बताउनु भयो । स्थानीय तहको पुनः संरचना गर्दा जनसंख्यालाई आधार मान्ने कुरा बिश्वको कुनैपनि देशको प्रयोगमा नभएको भन्दै यसले विकासका वस्तुगत मूल्य र मान्यतालाई समेट्न नसक्ने लेखकको भनाई छ । 

साहित्यकार मोदनाथ प्रश्रितकै प्रेरणाले पुस्तक प्रकाशन गरेको भन्दै उहाँले आफु जिल्ला विकास समितिको एक अधिकृत तहको कर्मचारीबाट पदम बहादुर माझीबाट पबन मदुश्री हुनपरेको अवस्थाका बारेमा समेत प्रकाश पार्नुभयो । कार्यक्रममा अछाम क्षेत्र नम्बर २ सांसद भरत साउद, पूर्व सांसद रामबहादुर विष्ट, अक्कलबहादुर विष्ट, प्राध्यापक डाक्टर प्रेम कुँवर, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगाएतका अथिती रहनु भएको थियो ।  

कार्यक्रमको संञ्चालन युवा विद्यार्थी नेता भीमबहादुर रावल कालो टोपीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो