ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारण"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमभर चिसो बढ्यो, जनजीवन कष्टकर

१० पुष २०७३, आईतवार १६:३३

ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारणहरुको दैनिक क्रियाकलापमा समेत समस्या भएको छ । चिसो बढे सँगै गरिखाने बर्ग लगायत सर्वसाधारणहरुको जनजिबन प्रभाबित बन्दै गएको छ । चिसोका कारण बढी जसो यस क्षेत्रका बालबालिका तथा वृद्धहरुलाई समस्या परेको छ । चिसोले हुने सक्रमण समेत बढ्न थालेको अधिकांस चिकित्सकहरुको भनाई छ । चिसोका कारण निमोनिया, रुघाखोकी लगायत बिभिन्न सक्रमणहरु देखिन थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ । यो समयमा चिसोबाट बच्न न्यानो लुगा कपडा लगाउनुका साथै तातो झोलिलो पदार्थ बढी मात्रामा सेवन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । यो समयमा बढी जसो बच्चा तथा बृद्धबृद्धाहरुको स्वास्थ्यको ख्याल गर्न जरुरी देखिन्छ ।

यस्तै उता बाजुरालगायत हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् । हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडी लगायतका दर्जन बढी गाविसमा हिमपात परेपछि जनजीवन प्रभावित भएको हो । पाण्डुसैन र मार्तडीको बिचमा पर्ने पोरखे लेखमा भारी हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एरपोट बजारमा दैनिक उपभोग्य सामान र खाद्यान्न बोक्ने खच्चड र मान्छेकोे आवत जावत समेत बन्द भएको स्थानीयबासी दलसिंह रोकायाले बताउनुभयो । यस्तै लामो समयदेखि पानी नपरेका कारण बाली बिग्रन लागेका बेला पानी परेपछि कृषक भने खुसी भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान