२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको बाघमारेमा रकम सङ्कलन गरेर बाटो निर्माण

११ पुष २०७३, सोमबार ०२:३६

पुस ११, दाङ । यहाँका स्थानीयवासीले रकम सङ्कलन गरेर पश्चिम दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्तरोन्नति गरेका छन् । 

स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी ्दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले बताउनुभयो । 

मूल सडकदेखि केही टाढा रहेको बसेनी गाउँका स्थानीयले गाविस, सङ्घसंस्था तथा विभिन्न राजनीतिक दलसँग पटकपटक हारगुहार गर्दै आएको भए पनि कसैले नसुनेपछि स्थानीयले प्रतिघरधुरी रकम सङ्कलन गरेर उक्त सडकखण्डको स्तरोन्नति गरेका हुन । 

यहाँ एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने बाटो नहुँदा सुत्केरी व्यथा लाग्दा र स्थानीय बिरामी पर्दा डोकोमा बोकेर घन्टौँ हिँडेर बजार पु¥याउनुपर्ने असहज परिस्थिति थियो, तर बाटो बनेपछि त्यो दुःख समाप्त हुने अपेक्षा गरिएको छ । सडकको स्तरोन्नतिसँगै स्थानीय उत्पादन बजार पु¥याउन सहज हुने छ । 

उक्त सडकखण्ड आसपासको क्षेत्रमा टिमुर, अदुवा, कागती, आलु र बेमौसमी तरकारी राम्रो उत्पादन हुँदै आएको भए पनि त्यसले बजार पाउन नसकेको स्थानीय उदीराम बलीले बताउनुभयो । सडकको स्तरोन्नतिसँगै बाघमारे गाविसको बसेनी, गजुरे, गहुँखोरे तथा छिमेकी गाविस शान्तिनगरका तोरीखुती, एकराते, वैजारखुटीलगायतका गाउँ यो सडकबाट लाभान्वित हुने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली