१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामपुर दामाचौर पुल निर्माण अलपत्र

११ पुष २०७३, सोमबार ०२:५३

पुस ११, पाल्पा । कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । 

पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित नगरेका कारणबीचमै रोकिएको हो । 

इलाइट एस बिए जेभी कम्पनीले आव २०६७/०६८ मा रु १५ करोड ६८ लाखको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । पुल निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा जमिनको सतहदेखि सात मिटरको गहिराइमा चट्टानसहितको ढुङ्गा आएपछि काम रोकिएको ठेकेदार रमण थापाले बताउनुभयो । 

“माटो खन्ने क्रममा ढुङ्गा आएपछि काम गर्न सकिएन, मन्त्रालयको अनुमति बिना कम्पनी आफैँले डिजाइन परिवर्तन गर्न नपाइने भएकाले निर्माण कार्य रोकिएको छ” उहाँले भन्नुभयो । मन्त्रालयबाट अब छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत हुने क्रममा रहेको र स्वीकृत भएपछि निर्माण कार्य अगाडि बढ्ने कम्पनीका ठेकेदार थापाले जानकारी दिनुभयो । 

सो पुलको लम्बाइ १८१ मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको हो । यहाँ शिलान्यास भएको लामो समय सम्म पुल निर्माणका काम अगाडि नबढ्दा पुल बन्छ या बन्दैन भन्ने स्थानीयमा अन्यौलता छाएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो । 

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर नगरपालिका सहित मित्याल, झिरुवास, बाकामलाङ, सिलुवा, सहलकोट, गल्धा, नवलपरासीको डेढगाउँ, रकुवा, रुचाङ, तनहुँको गजरकोट, स्याङ्जाको चापाकोट, वालिङ, गल्याङ, केवरेभन्ज्याङ, पकवादी, साँखर, सेखामलगायतका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का