पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानका"/>
2026-09-20 03:13 AM
अर्थ/विकास

पाँचौं पर्वत महोत्सवको अन्तिम तयारीमा जुट्दै

पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानकारी दिएको हो । 

विगत वर्ष झै जिल्लाको पर्यटन, कृषि, लघु तथा घरेलु उद्यमको प्रचारप्रसार गर्न आयोजना गर्न लागिएको महोत्सवमा यसपालि प्राग्लाईडिङ, ¥याफ्टिङ, अष्ट्रिज प्रदर्शनी जस्ता नयाँ प्याकेज समाबेश गरिएको     छ । 

विगतमा हुने गरेका महोत्सवभन्दा यसपालि थप आकर्षक प्याकेज समाबेश गरिएकाले यसपालिको महोत्सव  एतिहासिक हुने आयोेजकको दावी छ । माघ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ लाख अवलोकन कर्ता भित्राउने अपेक्षा गरिएको छ भने महोत्सव अवधिभर ४ करोडको हाराहारीमा कारोवार हुने जनाइएको छ । हरेक ३÷३ वर्षमा आयोजना हुने महोत्सव खत्रीटोलमा आयोजना गरिने तय भएको छ ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले समग्र पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रवर्दन गर्न, यहाँका धार्मिक स्थलहरुको पहिचान वढाउन, पर्वतमा उत्पादन हुने वस्तुहरुको प्रचार, लोक संस्कृतिको संरक्षण गर्न पनि महोत्सव फलदायी हुने बताए । 

उनले महोत्सवलाई साझा उत्सवका रुपमा मनाउन लागिएको बताए । उद्योग वाणिज्य संघका महासचिव ठाकुर वि पौडेलले महोत्सव आउन २ महिना अगाडी देखि नै तयारी थालिएकाले महोत्सव व्यापक हुने अनुमान गरे । उनले यसपालि नयाँ प्याकेज समेत थप गरिएकाले विगत भन्दा फरक छाप छोड्ने तयारीमा रहेको बताए । पौडेलले जनजातीहरुका झाँकि, पुरुष भलिवल, विद्यालय स्तरिय लोकनृत्य, रत्यौली प्रतियोगिता, रमाईलो मेला, वालउद्यान, खुल्ला दौड, साहित्यिक प्रतियोगिता, राष्ट्रिय खानाका परिकार जस्ता कार्यक्रम पनि महोत्सवका आकर्षण रहेको बताए । पर्वत जिल्लामा वनेका मानव निर्मित अग्ला झोलुङगेपुल, यान्त्रिक पुल, गुप्तेश्वर अलपेश्वर, मोदीवेनी जस्ता धार्मिक स्थलको भ्रमण सम्बन्धि प्याकेज समेत महोत्सवमा समेटिने जनाइएको छ । त्यस्तै कृषि प्रदर्शनी, लघु तथा घरेलु उद्यमहरुको प्रदर्शनी एवं विक्रि लगायतका कार्यक्रम विगत जस्तै यसपालि पनि रहने छन् । 

पर्वत उद्योग वाणिज्य संघले आज पदाधिकारी, महोत्सव सम्पन्न गर्न गठित विभिन्न समिति तथा उपसमितिका संयोजकहरु, पूर्व अध्यक्षहरु, पत्रकारहरु सम्मिलित वैठकमा तयारीको वारेमा जानकारी दिएको हो । महोत्सवको तयारी र व्यवस्थापनका बारेमा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य होमनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष लक्ष्मीकान्त आचार्य, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले बालेका थियो । वैठकले सबै सञ्चार माध्यमलाई मिडिया सहयोगीको रुपमा लिएर प्रचारप्रसारको जिम्मा समेत लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो