2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु

पुस ११, पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीले आजबाट फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गरेको छ । 

आसन्न स्थानीय तह वा निकायको निर्वाचनलाई मध्यनजर गरी मतदाता नामावली सङ्कलन सुरु गरिएको र यसका लागि छ टोली खटाइएको कार्यालयका प्रमुख गङ्गाप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

टोलीले कार्यस्थलमा गएर उमेर पुगेका मतदाताको नाम दर्ता, त्रुटि देखिएको विवरण सच्याउने, मृत्यु तथा बसाइँसराइ गरेका मतदाताको नामावली मतदाता सूचीबाट हटाउनेछ । त्यस्तै दोहोरो मतदाता नामावली भएका मतदाताको नाम एक ठाउँमा राख्ने काम टोलीले गर्ने छन् । 

पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका तथा ३२ गाविस भएको सो जिल्लामा खटिएको टोली गाविस कार्यालय तथा नगरपालिकाको वडा कार्यालयमा गई दुई दिनसम्म बसेर नामावली सङ्कलन गर्ने बताइएको छ । 

कास्कीमा मङ्सिर मसान्तसम्म दुई लाख २३ हजार ११९ मतदाता रहेका छन् । जसमा पुरुष एक लाख तीन हजार ५६२, महिला एक लाख १९ हजार ५५२ र तेस्रोलिङ्गी पाँचजना रहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ