२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

थारु होमस्टे गाउँमा भलादमी दौड हुने

११ पुष २०७३, सोमबार ०८:४८

दिनेश ठकुल्ला/पुस ११, धनगढी ।  कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । 

स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १७ देखि २१ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । 

महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । ४२ वटा स्टल रहने महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पाइने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिनुभयो ।  

महोत्सव अवधिभरी सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागत सहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । यस्तै, वाणबाट भाले निशाना, भलाद्मी दौड लगायतका खेलकुद पनि हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।  

पर्यटन वर्ष २०११ को अवसर पारेर २०६७ पुस १७ गतेबाट भादामा थारु होमस्टे सञ्चालनमा ल्याइएको थियो । होमस्टे सञ्चालनसंगै प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन गर्दै आएको आयोजकले जानकारी दिएको छ । 

भादामा होमस्टे सञ्चालन भएको सात वर्षमा आन्तरिक तथा बाह्य गरी ३७ हजार पर्यटकले होमस्टे अवलोकन गरेको र हालसम्म एक करोड ४० लाख रुपिया बराबरको आर्थिक कारोबार भएको समितिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

सदरमुकाम धनगढीबाट करिब ८ किलोमिटरको दूरीमा रहेको भादा होमस्टे गाउँमा १९ घरमा होमस्टे सञ्चालन छन् । थारु समुदायको मौलिक संस्कृति, संस्कारको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको समितिले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता