2026-09-19 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीबाट मोटरसाइकल चोरी गरि बेच्ने गिरोह पक्राउ

दिनेश ठकुल्ला | पुस ११, धनगढी । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल मातहतमा कार्यरत प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरटीआई) ले मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहलाई आज धनगढीबाट पक्राउ गरेको छ । 

प्रहरीले उनीहरुबाट ५ ग्राम लागू औषध ब्राउन सुगर र चोरीका मोटर साइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० घुईयाघाटका २२ वर्षीय बिमल राना, १९ मनिष राना, गदरिया पहिलिपट्टी बस्ने २२ वर्षका रामजी राना रहेका छन् । विगत लामो समयदेखिको सुक्ष्म अध्ययनपछि उनीहरुलाई पक्राउ गरेको आरटीआईले जनाएको छ । उनीहरुबाट से ५ प ४७३ नम्बरको प्लाटिना, से २ प ३१६३ नम्बरको स्प्लेन्डर, से २ प ८५०३ नम्बरको अपाचे मोटरसाइकल बरामद गरिएको छ । उनीहरु लामो समयदेखि मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको र चोरेर बिक्री गर्ने गरेको प्रहरीको दावी छ । 

मोटरसाइकल चोरी कार्यमा संलग्न अरु गिरोहको पनि पहिचान भएको प्रहरीले जानकारी दिएको छ । यसैगरी, प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको से ३ प ५१५२ नम्बरको पल्सर, से २ प ५१२४ नम्बरको होण्डा, से ३ प ४८५२ नम्बरको सीडी डिलक्स र भारतीय नम्बर प्लेट कोतारिएको अपाचे मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई