दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घ"/>

2026-09-16 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटको पुरानो बस पार्कमा बस दुर्घटना, ११ जना घाइते


दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घाइते भएका छन् । हिजो ११ गते जुम्लाबाट नेपालगंजको लागि छुटेको कर्नाली बस यातायातको ना ५ ख १७९९ नम्बरको बस आज विहान दुघटना भएको हो । 

हिजो बेलुका नै जिल्ला सदरमुकाम मान्म पुगेको बस गाडी एक रात बास बसि आज विहान नेपालगंजतिर जानै लाग्दा बस दुर्घटना भएको हो । गाडी सहयोगीले बस स्टाट गरी गाडी सवार यात्रुहरुलाई गाडीमा बसाल्दै गर्दा एक्कासी बस आफै गुडी सडकबाट करिव १० मिटर तल निर्माणाधिन घरमा खस्दा ११ जना यात्रु घाइते भएका छन् । 

घाइते हुनेमा जुम्ला जिल्ला सिजा ७ बर्ष २४ सरिता बुढा, सिजा ३ बर्ष ३५ तारादेवी सुनार, विराट ८ बर्ष ६९ की देवी प्रसाद उपाध्याय र उनका परिवार बर्ष ६६ आशंका उपाध्याय रहेका छन् । यस्तै सिजा ७ नाराकोट बर्ष ६० का अस्मीता बुढा, सिजा ७ बर्ष ५ का अस्मर बढा, सिजा ७ बर्ष ६ का शन्देश उपाध्याय, कालिकोट जिल्ला धौलागोह ४ बर्ष ५० का पे्रम प्रसाद प्याकुरेल, धौलागोह स्थायी घर भै हाल घोडाघोडी नगरपालीका कैलाली बस्ने बर्ष ४३ की भरता देवी न्यौपाने कालिकोट जिल्ला चिलखाया १ बर्ष ८० का दिर्घरोगी लाल बहादुर खत्रि, र बर्ष ७० की लक्ष्मी खत्री रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल मान्ममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जुम्लाबाट १३ जना यात्रु ल्याएर कालिकोट पुगेको कर्नाली यातायात बस कालिकोटबाट यात्रु थपी नेपालगंज तिर जानै लाग्दा बस दुर्घटना भएको हो । आफ्नो सहयोगीलाई बस स्टाट गर्न लगाई आफु चिया खान लाग्दा बस एक्कासी दुर्घटना भएको बस चालक कालिकोट जिल्ला भर्ता ९ बस्ने बर्ष २८ मान बहादुर शाहीले बताएका छन् । बस चालक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल