दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १० ट्रक औषधी मौज्दात रहेकाले अझै ३ महिनासम्मलाई यही औषधीले धान्ने क्षेत्रीय मेडिकल स्टोर प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले औषधी मौज्दात रहेको अवस्थामा एक महिना अघि मात्रै २ ट्रक औषधी आएको जानकारी दिनुभयो ।
त्यस्तै, माघ महिनामा पनि स्वाथ्य सेवा विभागबाट ३५ प्रकारका १० ट्रक औषधी क्षेत्रीय मेडिकल स्टोरमा पठाउने तयारी भएकाले अवको झण्डै ६ महिनासम्म सुदुरपश्चिममा औषधीको अभाव नहुने प्रमुख श्रेष्ठले बताउनुभयो । ईपिडियोमोलोजी महाशाखाले समेत गर्मी मौसम सुरु भएसगै महामारी फैलन सक्ने खतरालाई मध्यनजर गर्दै प्रत्येक जिल्लालाई ८ देखि १० लाख रुपैया सहयोग गरेकोले यसले पनि अझै सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यस्तै स्वाथ्य सेवा विभागले नै जिल्ला स्वाथ्य कार्यालय वा जनस्वाथ्य कार्यालयले नै खरिद गर्न सक्ने गरि प्रत्येक जिल्लामा ३ लाख रुपैया बराबरको औषधी सोझै र आवश्यक परेका टेण्डरबाट पनि औषधी खरिद गर्न सक्ने व्यवस्था गरिएको बताईएको छ ।
झण्झटिलो खरिद प्रक्रिया र अधिकाश औषधी विदेशबाट खरिद गर्नुपर्ने भएकाले यसअघि बेलाबेलामा औषधीको आभव हुने गरेको बताउदै श्रेष्ठले खरिद प्रक्रिया सरल बनाउन केन्द्रमा नै विभागले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । पहिले वार्षिक ३ देखि ४ करोड रुपैयासम्मको औषधी आवश्यक पर्ने सुदुरपश्चिममा केही वर्षयता ६ करोड भन्दा बढी रुपैयाको औषधी आवश्यक पर्ने गरेको बताईएको छ ।
जनसख्या बृदि, नया नया रोगको सख्या बढदै गएका कारण औषधीको माग पनि बढेको श्रेष्ठको भनाई छ । पहिले नेपाल सरकारले ४० प्रकारका औषधी निशुल्क रुपमा उपलब्ध गराउदै आएको थियो भने केही वर्षयता ७० प्रकारका औषधी वितरण गरिदै आएको छ ।