११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गौ हत्या विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टिको विरोध

१२ पुष २०७३, मंगलवार १२:२०

माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कैलालीमा १ सय २० वटा गाईगोरु मारेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तुले विरोध जनाएको छ । 

धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि पार्टिले विरोध जनाएको छ । कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गरि प्रशासनले कारवाहि नगरे शसक्त विरोध सहित आन्दोलन गर्ने जानकारि गराइएको छ ।

नेपालको राष्ट्रिय जनावर को हत्या गर्ने अपराधिलाई छिटो भन्दा छिटो कारवाहिको दायरामा ल्याउनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय युवा नेता अजय थापाले वताए ।यो घटना हुनु भनेको हिन्दुहरु माथि प्रहार गरेको समेत थापाले वताए  ।

हिन्दु राष्ट्र माग गर्दै आएको पार्टिलाई यो घटना असाहानिय रहेको समेत पत्रकार सम्मेलनमा वताइएको थियो । मंगलबार हिन्दुबादी संगठनहरु मध्यपश्चिम क्षेत्रमा आमहडताल गरेकोले र यस विषयमा कुनै सुनुवाई नभएमा  नेपालनै वन्द गर्ने चेतावनि दिइएको छ ।

धर्म जातजाति को द्धन्द्ध गराउन यो असाहानिय काम गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगर अध्यक्ष राम वहादुर रायमाझिले औलाए । ८२ प्रतिशत हिन्दुहरु रहेको देशमा हिन्दुराष्ट्र कायम नगरेकोले यस्तो घटना घटेको कपिलवस्तु क्षेत्र न ४ का क्षेत्रिय उपाध्यक्ष चुरामणि तिवारिले वताए । 

कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पुव्याएको स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह