2026-08-31 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन विद्युत् प्राधिकरणद्वारा ९७ लाख बक्यौता असुली

पुस १४, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा रु ९७ लाख २५ हजार ६४७ बक्यौता रकम उठाएको छ । 

कार्यालयले लामो समयदेखि महसुल नबुझाउनेको ग्राहकको लाइन काट्न थालेपछि बक्यौता रकम असुली गरेको हो । लाइन काटिएका ग्राहकमध्ये ५०६ जना ग्राहकले बक्यौता रकम बुझाएको कार्यालयले जनाएको छ । 

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कार्यालयले पछिल्लो समयमा सरकारी कार्यालयप्रति पनि बक्यौता उठाउनका लागि लाइन काट्न थालेको छ । जसमध्ये कार्यालयले अहिलेसम्म जिल्ला शिक्षा कार्यालय, जिल्ला अदालत, जिल्ला जनस्वास्थ्य कार्यालय, डिभिजन सडक कार्यालयको निवास, नापी कार्यालयलगायतको लाइन काटेर बक्यौता असुल गरेको छ । अन्य बक्यौता रकम बढी रहेका कार्यालयको पनि लाइन काट्ने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो । 

कार्यालयको सडक बत्तीसहित रु २६ करोड बराबरको बक्यौता रकम रहेको छ । जसमध्ये रु नौ करोड ग्राहकको रहेको छ । ग्राहकमध्ये सबैभन्दा धेरै एसके इलेक्ट्रिकको रु तीन लाख ५१ हजार ४६१, सुलभ प्लास्ट्रिकको रु दुई लाख ७९ हजार ५४९ र चितवन कोल्ड स्टोरको रु दुई लाख ६३ हजार २९७ रहेको कार्यालयले जनाएको छ । 

लामो समयसम्म बक्यौता नतिर्ने चार सय ३५ ग्राहकलाई वितरण केन्द्रले कालोसूचीका लागि क्षेत्रीय कार्यालयमा पठाउने तयारी थालेको इन्जिनियर पौडेलले बताउनुभयो । उहाँका अनुसार विद्युत् माग गर्ने ग्राहकको चाप पनि कार्यालयमा बढी रहेको छ । मङ्सिर महिनामा मात्रै विद्युत्को माग गर्दै एक हजार १०५ जनाले निवेदन दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने